Smoking Causes Cancer

कोभिडका कारण सुपादेउराली मन्दिर बन्द



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

अर्घाखाँची: कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिएको कारण मन्दिरहरुमा भिडभाड हुनाले संक्रमण बढ्ने भन्दै देशका विभिन्न धार्मिक स्थल मठ मन्दिरहरुमा दर्शन गर्न रोक लगाएको छ।

जसको प्रभाव अर्घाखाँचीको सन्धिखर्क-७ मा अवस्थित नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीमा पनि आज मिति २०७८ माघ महिनाको ७ गतेका दिन देखि मन्दिरको मुल ढोका बन्द गरिएको छ। मन्दिरको ढोका बन्द गरिएता पनि मन्दिरमा दर्शन गर्ने भक्तजनको आवतजावत र नियमित हुने नित्यपुजा बलि दिने कार्य भने रोकिएको छैन।

गृह मन्त्रालय विपत व्यवस्थापन समितिको सूचना अनुसार बन्द गरिएको हो भने अर्को सुचना नआउन्जेल सम्मको लागि मन्दिर बन्द रहने सबैमा जानकारी जारि गरेको छ।

सिंचाई
Forest
Ad.

विश्वव्यापी रुपमा कोभिड-१९ को विभिन्न चरणमा विभिन्न प्रकृतिको रुपमा फैलिएको यस प्राण घातक भाइरसले धेरैको ज्यान लगेको र सो बाट बच्नको लागि राज्यले निरन्तर खोपको व्यवस्था गरेको छ र संगसंगै स्वास्थ सुरक्षा मापदण्ड पालना गर्नुमा पनि जोड दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया