Salime Malika Krishi Farm

Awareness Campaign

सुपा देउराली मन्दिरको भेटीबाट २ वटा विद्यालय सञ्चालन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

रासस, अर्घाखाँची: अर्घाखाँची जिल्लामा मन्दिरको भेटीबाट विद्यालय संचालन गरिएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका-७, खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ। सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिदै आएको छ।

भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ। भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए ।यस्तै समितिले सन्धिखर्कस्थित पाणिनी वेदविद्या आश्रमका लागि वार्षिक रु. एक लाख २० हजार उपलब्ध गराउने गरेको छ।

जटिल खालका बिरामीको उपचारमा समेत मन्दिरको भेटीबाट समितिले सहयोग पुर्याउँदै आएको छ। मन्दिरमा गत वर्ष रु ८० लाख आम्दानी भएको थियो। नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

सिंचाई
Forest
Ad.

अहिले दैनिक एक हजारदेखि दुई हजार जनाले मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए। विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर पठनपाठन गर्न सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया