Hi-Speed Computer

Awareness Campaign

गुल्मीका मृतक ३ बहिनीहरुको सम्झनामा दिदिद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-८, थुम्कामा गत असोज ६ गते तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको थियो।

एकै घरका तीन बहिनिको मृत्यु भएपछि बहिनिहरुको नाममा जम्मा भएको पैसा मृतक बहिनीहरुकी दिदी सुजाता परियारले गोर्खाली युवा सशक्तीकरण संस्था रुपन्देही मार्फत २० जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेकी छिन।

बहिनिहरुको नाममा जम्मा भएको ११ हजार बराबरको कपडा २० जना विद्यार्थीलाई हस्तान्तरण गरेको उक्त सस्थाका उपाध्यक्ष भरत जङ्ग क्षेत्रीले बताए।

Forest
Forest
Ad.

रामजानकी प्राथमिक विद्यालय सियारी ७ अमवा रुपन्देहीमा अध्यनरत विद्यार्थी मध्य ८७ जना विद्यार्थी हरुलाइ न्यानो कपडा वितरण गर्ने क्रममा मृतक बहिनिहरुकी दिदी सुजताले ११ हजार बराबरको न्यानो कपडा २० जना बिद्यार्थीलाई हस्तान्तरण गरेको बताइएको छ।

यसरी मृत्युु भएको थियो तीन दिदिबहिनीकाे राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो।

उनीहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको थियो। एक तले पक्की घरको पछाडी पट्टी बाट पर्खाल भत्कीदा एउटै कोठामा सुतेका तीन दिदि बहिनिको मृत्यु भएको हो । घरधनी तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित भने सुरक्षीत रहेका थिए। गुल्मी न्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया