Awareness

Get Vaccinated

गुल्मीको रुरुक्षेत्रमा कर्मचारीको दादागिरी, सेवाग्राही माथि हातपात



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा एउटा अचम्मको घटना घटेको छ। सोमबार दिउँसो ३:३० बजेको समयमा गाउँपालिकाका लेखा अधिकृतले सेवाग्राहीलाई आफ्नै कार्यकक्षमा मुक्का हानेका छन।

गाउँपालिकाको बलेटक्सार उल्लिखोला मोटरबाटोको काम सम्पन्न गरेर राजेश्वरी कन्ट्रक्सन प्रा.लि. का साइड सुपर भाइजर भोजराज गौतम रकम निकाशाको लागि कार्यालय पुगेका थिए।

गौतमले निकाशाको कुरा गर्दा लेखा अधिकृत मनिष पाण्डे एक्कासी आवेशमा आएर आफुलाई मुक्का हानेको उनी बताउछन।

‘पाण्डेले आफू कार्यालयमा एक्लै भएको हुनाले समयमा काम गर्न नसक्ने कुरा गर्दै थिए तर एक्कासी हातै छोडे’ गौतम भन्छन। उनले आफू संयम भएको तर पाण्डेले मुक्का हानेपछि कर्मचारीहरुले नै अफुलाई कार्यालय बाहिर निकालेको उनी बताउछन।

कर्मचारी थोरै वा धेरै हुनु कार्यालयको विषय हो, त्यसोभए पालिकालाई कर्मचारी थप्न भन्नुपर्यो नि हजुरले, भन्दै थिए गौतम भन्छ्न। हामिले काम सम्पन्न गरेपछि त भुक्तानी पाउनु पर्यो भन्ने कुरा आफुले राखेको गौतम बताउछन।

सेवाग्राही गौतमका अनुसार पाण्डेले आफुलाई ढाड भाचिदिन्छु , खुकुरी हान्दिन्छु, म प्रहरीको मान्छे हो भन्दै धम्क्याएको बताउछ्न। अधिकृत पाण्डेले सुरुमा त आफुले गल्ती नै नगरेको दाबी गरेपनि पालिकामा भएको बैठकपछि गल्ती स्वीकारेका छन।

कार्यालयको बाहिर सर्वसधारणले नाराबाजी र कर्मचारीको दादागिरी प्रति व्यापक विरोध गरिरहेका थिए। प्रहरीको साथमा बाहिर आएर अधिकृत पाण्डेले जतनाका सामु आफुले आवेगमा आएर गल्ती गरेको स्वीकार्दै माफी मागे।

Awareness by SKF

यस्तो घटना संभवतः देशमै पहिलो होला। सर्वसाधारणहरु कार्यालयमा जादा सुरक्षीत भएर जानुपर्ने भएको छ। रुरुवासी नागरिकहरु बडो अन्योलमा परेका छन।

आफ्नै घर अगाडिको स्थानिय सरकारको कार्यालयमा जादा मुक्का खाएर फर्किनुपर्ने दिन आयो स्थानियहरु गुनासो गरेका छन। जनताको पसिनाको करबाट तलबभत्ता खाएका राष्ट्रसेवक कर्मचारीबाटै स्वाग्राहीलाई ढाड भाचिदिनेसम्मको धम्की र मुक्का प्रहार गर्दा समेत थामथुम गरेर गुपचुप राख्ने गाउँपालिकाप्रती जनताको आशा अब के होला?

कार्यालय समयमै सेवाग्राहीलाई कुटपिट गर्ने, धम्काउने कर्मचारीलाई कहिलेसम्म संरक्षण गरेर राख्छन स्थानिय सरकारका जनप्रतिनिधिहरु? खुल्ला न्यूजबाट यो खबर साभार गरिएको हो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया