Hi-Speed Computer

Awareness Campaign

रिडीबजार जसले बनाए र बनाउँदै छन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: समाज गाउँघर त्यसै बन्दैन र बनाउने इच्छाशक्ति सबैभन्दा ठुलाे कुरा हाे।

गुल्मी जिल्लाकाे प्रवेशद्वार रिडीबजारले शताब्दियौँ पुरानाे इतिहास राख्छ। एकातिर धार्मिक गन्तव्य भने अर्काेतिर लिच्छवि कालमा याे क्षेत्र भाेट-भारत आवतजावत गर्ने मुख्य नाका रहेकाले पनि व्यावसायिक धार्मिक र पर्यटनकाे हिसाबले पनि रुरुक्षेत्र महत्वपूर्ण बजारकाे रुपमा परिचित छ।

चिनीयाँ तिब्बतीबौद्ध धर्मावलम्वीहरु लुम्बिनी कुशिनगर सारनाथ जाने र भारतिय हिन्दुहरु मुक्तिनाथ, मानसरोवर कैलाश जाने बाटाे कालिगण्डकीकाे तिरै तिर अावतजावत गर्ने र बौद्ध मार्गीका लागि सुगन्ध विहार साथै हिन्दु यात्रिका लागि सदावर्त गुठिले गाँस बास काे व्यवस्था गर्ने भएकाले तिर्थालुहरु रिडीमा बाँस बस्ने गरेकाे ईतिहास छ।

Forest
Forest
Ad.

यहि विगत बाेकेकाे रिडीबजारकाे संरचना २०१८ सालकाे भदौमा अाएकाे बाढिले खल्बल्याइ दिँदा रिडी शून्य अवस्थामा आयाे।विध्यालय, पाटी, पौवा केही आवासिय क्षेत्र समेत काली गण्डकी नदिले पुछेर लग्याे।

त्यसपछिकाे चुनौति रिडी बजारकाे पुनर्निर्माणमा थियाे र यहि चुनौतिका माझबाट रिडीका जागरुक समाजसेवीहरु प्रयाग कुमार कसजु,अयाेध्या मास्के, नरेन्द्रमान, आदित्यमान वजिमय विश्वनाथ बजिमय, डाक्टर राज कुमार श्रेष्ठ, मुखिया राज कुमार, पशुपति प्रसाद आमात्य , पुर्ण मान प्रधान , चिरन्जिवी मान प्रधान, पदम प्रसाद श्रेष्ठ , डम्बर बहादुर श्रेष्ठ, केशर मान बजिमय लागाएतकाे अथक प्रयास बाट रिडी बजार अहिलेकाे अवस्थामा अाइ पुगेकाे कसैबाट लुकेकाे छैन।

पछिल्लो चरणमा शक्ति प्रसाद श्रेष्ठकाे प्रयासमा रिडीबजारले काँचुली फेर्ने प्रयास गरेकाे हाे।

तर शसस्त्र द्वन्दकाे प्रभावले रिडी बजार बाट ब्यापारिक पलाएन भए सँगै बजार करिब फेरि शून्य अवस्थामा पुग्याे द्दन्द सकिए पनि पलाएन भएका व्यापारी हरु फर्केनन तर रिडीका पुराना व्यवसायी हरु पशुपति प्रसाद अामात्य डम्बरबहादुर श्रेष्ठले का छाेरा हरुले भने रिडी बजारमा अाफ्नाे व्यवसाय अहिले सम्म धानेका छन।

Awareness by SKF

समय फेरिए सँगै रुरुक्षेत्रकाे पुनर्संरचना मा यतिबेला फेरि नया पुस्ता कँसिएर लागेकाे छ यसका लागि परेकाे छ।

रिडी बजार धार्मिक पर्यटनकाे प्रमुख गन्तव्य बन्न सक्ने ऋषिकेश मठ लगाएत याे क्षेत्रका मठ मन्दिर लाई भजाएर रिडीमा धार्मीक पर्यटक तान्न सक्ने सँभावनाका बिचमा बृहत्तर रुरुक्षेत्र पुनर्संरचना काे कामकाे शुरुवातले अव रिडी पछाडि फर्कन नपर्ने रिडीबजार का युवा हिमाल श्रेष्ठकाे भनाइ छ।

शिक्षा स्वास्थ सँगै पर्यटनकाे क्षेत्रमा अगाडी बढ्दै गरेकाे रिडी बजार केही वर्षमै एसियाकै प्रमुख धार्मीक गन्तव्य बन्ने संकेत देखा परे सँगै यतिबेला रिडी बजार काे अस्तित्व धानेर राख्ने समाजसेवी हरुलाई रिडीबजारले कहिल्यै बिर्सन सक्दैन। सेतोमसी डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया