Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मुसिकोटमा ७१ जनाले लिए अपागंता परिचय पत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिकाले शारिरिक रुपमा अशक्त एवम् अपाङ्गता भएकाहरुलाई शिविरको आयोजना गरि परिचय पत्र वितरण गरेको छ।

नगरपालिकाका ९ वटै वडामा रहेका अपाङ्गता भएका नागरिकहरुलाई परिचय पत्र वितरण गरी सरकारले दिने सेवा सुविधा उपलब्ध गराउन शिविरकै आयोजना गरि परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ।

बिहिवार र शुक्रवार २ दिनसम्म चलेको शिविरबाट ७१ जनाले परिचयपत्र लिएका छन्। जसमध्ये क वर्गको परिचय पत्र १६ जनाले लिएका छन्। त्यस्तै ख वर्गको २८, ग वर्गको ११ र घ वर्गको १६ जनाले परिचय पत्र पाएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो। त्यस्तै १९ जनाले परिचयपत्र नविकरण गरेको उहाँले बताउनुभयो।

Forest
Forest
Ad.

नगरपालिकाका उपप्रमुख कमला शर्माले अपागंता भएका व्यक्तिहरुले परिचयपत्रबाट राज्यले दिने सेवा सुविधालाई सहज र सरल ढंगबाट पाउन सक्ने बताउनुभयो।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी २००६ मा नेपालले जनाएको प्रतिबद्धता बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन तथा शक्तिकरणका कार्यक्रमरु सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो।

त्यस्तै भुषालले अपाङ्गताको प्रकृति, वर्गीकरण र अवस्थाका आधारमा अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा र अवसरहरुको प्राथमिकीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अपागंताको प्रकृति र अवस्था हेरी ४ प्रकारका परिचय पत्र वितरण गर्ने गरिन्छ। जसमध्ये पूणर्अशक्त अपाङ्गता भएकाहरुले क, अतिअशक्त अपागंता भएकाहरुले ख, मध्यम अपाङ्गताले ग र सामान्य अपाङ्गताले घ वर्गको परिचयपत्र पाउनेछन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया