Hi-Speed Computer

Awareness Campaign

आज माघे संक्रान्ति पर्व मनाइँदै, किन खाने खिचडी, घिउ, चाकु र तरुल?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो, माघे संक्रान्ति।

नेपालीहरुको प्रमूख चाड मध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाड हो। माघे संक्रान्तिलाई कन्दमुल खाने चाडको रुपमा पनि लिइन्छ। ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति पनि भनिन्छ।

सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ। यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ।

Forest
Forest
Ad.

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।

विवाह, व्रतबन्ध लगायतका मांगलिक कार्य गर्न पनि माघ उपयुक्त महिना हो। सूर्यको किरण तेजिलो हुँदै जाने, विस्तारै दिन लामो हुँदै जाने, चिसो कम हुँदै जाने लगायतका कारण पनि माघलाई विशेष महत्त्व दिइएको हो।

माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, सख्खरका परिकार बनाएर खाइन्छ। यस्तै तरुल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमुल (जमिनमुनी फल्ने खाद्यवस्तु) उसिने खाने चलन छ।

यस दिनदेखि सूर्य उत्तरायन हुन्छ
चन्द्रको आधारमा महिनालाई दुई भागमा विभाजन गरिन्छ। कृष्ण तथा शुक्ल पक्ष। यस्तै गरी सूर्यको आधारमा वर्षको २ भाग वा अयन हुन्छन्, उत्तरायन तथा दक्षिणायन। यस दिनदेखि सूर्य उत्तरायन हुनेछन।

Awareness by SKF

उत्तरायन अर्थात यस समयदेखि धरतीको उत्तरी गोलार्द्ध सूर्यको सम्मुखमा जानेछ, अर्थात् उत्तरदेखि नै सूर्य निस्कन लाग्दछ। यसलाई सोम्यायन पनि भनिन्छ। ६ महिना सूर्य उत्तरायन हुनेछ र ६ महिना सूर्य दक्षिणायण हुनेछ। त्यसैले यस पर्वलाई उत्तरायणको रुपमा पनि मानिन्छ। मकर संक्रान्तिदेखि कर्कट संक्रान्तिसम्म सूर्य उत्तरायण हुनेछन्।

तिलको लड्डू तथा घिउ, चाकु, तरुलको पर्व
जाडो मौसममा वातावरणको तापक्रम एकदमै कम हुने कारणले शरीरमा रोग व्याधीको सम्भावना बढी हुन्छ। यसैको रोकथामको प्रतिकात्मक कारण यस दिन तिल आदि परिकारले बनेको मिष्ठान्न तयार पारेर खाने गरिएको छ।

यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोग’सित लड्ने’ क्षमताको विकास गर्न मद्दत गर्छ । त्यति मात्र होइन, चाकु, तथा सक्कर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुँदा यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ।

त्यस्तै, घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन। बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ।

यसमा गर्मी पैदा गर्ने तत्व हुने भएकोले बैज्ञानिक कारणले पनि यसलाई प्रचलनमा ल्याइएको हो। यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पाईन्छ। उत्तर भारतमा यस दिन खिचडीको भोग दिइन्छ।

कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो। यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ। साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन।

माघे संक्रान्तिको परिकार काठमाडौं उपत्यकामा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ।

पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाइन्छ। तराई–मधेश क्षेत्रमा तिल र गुडका खानेकुरा बनाएर खाइन्छ। ‘माघे संक्रान्तिमा यस्ता पदार्थ खानुको अर्थ चिसोले कठयांग्रिएको शरीरलाई उष्णता प्रदान गर्नु हो’ चिकित्सक तथा आयुर्वेदका ज्ञाताहरु भन्छन्,‘यस्ता खानेकुराले शरीरलाई बल पनि दिन्छ।’

गोरु जुधाउने पर्व

माघे संक्रान्तिलाई गोरु जुधाउनने पर्वको रुपमा पनि मान्ने गरिएको छ। यस दिन नेपालका मध्ये पहाडी भेगमा विशेषगरी महत्वका साथ यस पर्व मनाउने गरिएको छ। नेपालको नुवाकोट धादिङ जस्ता जिल्लामा विशेषगरी सयौं हल गोरु जुधाएर सांस्कृतिक पक्षलाई अझ रोचकता थप्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया