Awareness

Get Vaccinated

महेन्द्र आदर्श मा.वि. वामीटक्सारले सम्पन्न गर्यो आफ्नो ६३ औँ वार्षिकोत्सव कार्यक्रम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रामकृष्ण कंडेल, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७, वामीटक्सारमा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ। पुस २७ गते शुरु गरी हिजो २९ गते विविध कार्यक्रमका साथ वार्षिकोत्सव समारोह सम्पन्न भएको विद्यालयका शिक्षक सम्झना कंडेलले बताउनु भयो।

बार्षिकोत्सव कार्यक्रम को मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले पुस २७ गते उद्घाटन गर्नुभएको हो। कार्यक्रममा विद्यालयले आफू लाई विभिन्न तरिका बाट सहयोग गरेको भन्दै राष्ट्रपति कार्यालयका जनसर्म्पक उपसचिव तथा शैक्षिक युवा व्यक्तित्व हिरामणी आचार्य लाई विशेष सम्मान गरेको थियो l

६३ औँ वार्षिकोत्सव समारोह लाई भव्यताका साथ सम्पन्न गर्नका लागि विद्यालयले विद्यार्थीहरुका विभिन्न आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु आयोजना गरेको थियो। वार्षिकोत्सव समारोह को पावन अवसरमा विद्यालयको नवनिर्मित भवनको प्रमुख अतिथि नगरप्रमुख सोमनाथ सापकोटा ले उद्घाटन गर्नु भएको थियो।

३ दिन सम्म आयोजित कार्यक्रममा शुभकामना मन्तव्य,मार्चपास,पिटी ,प्रधानाध्यापकको प्रतिवेदन,छात्रवृत्ति वितरण,अन्तर सदनात्मक सटपुट प्रतियोगिता,अभिभावक खेल,अन्तर सदनात्मक भलिवल (मा.वि छात्र र छात्रा),अन्तर सदनात्मक कपर्दी प्रतियोगिता,अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता, हाईजम्प प्रतियोगिता ,लंगजम्प प्रतियोगिता,त्रिपल जम्प,ज्याभलिन थ्रो,अन्तर सदनात्मक १५ सय मिटर दौड,चकलेट दौड,पुरस्कार वितरण

सय मिटर दौड,२ सय मिटर दौड,४ सय मिटर दौड,८ सय मिटर दौड,अन्तर सदनात्मक भलिबल फाइनल,बेलुन फुटाउने खेल,गणित दौड,अंग्रेजी हिज्जे प्रतियोगिता,अन्तर सदनात्मक डान्स प्रतियोगिता ,पुरस्कार वितरण कार्यक्रम आ.दि सम्पन्न गरिएको थियो।

Awareness by SKF

६३ औँ वार्षिकोत्सव समारोहमा मुसीकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा,उपप्रमुख कमला शर्मा,आर्थिक संयोजक तथा नेकपा एमाले मुसिकोट नगर कमिटि अध्यक्ष प्रकाश काफ्ले, मुसिकोट नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,राष्ट्रपति कार्यालयका जनसम्पर्क उपसचिव हिरामणी आचार्य,मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश नेपाली ,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरे,नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका जिल्ला अध्यक्ष ज्ञानहरी सापकोटा,नेपाल शिक्षक महासंघ गुल्मी जिल्ला सचिव रामकृष्ण कंडेल,बिद्यालयका पूर्व प्रधानाध्यापक भिमलाल सापकोटा, विद्यालयका पूर्व शिक्षक तथा पूर्व स्रोतव्यक्ति टंकनाथ भण्डारी

रुद्रावती बहुमुखी क्याम्पस वामीटक्सार व्यवस्थापन समितिका अध्यक्ष अग्निधर लोहनी, मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सदस्य भुवन केसी,विद्यालयका विद्यालय व्यवस्थापन समिति का पूर्व अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सदस्य हरिहर सापकोटा, विद्यालयका पूर्व शिक्षक विष्णु भन्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष चुरामणि सापकोटा, नेपाली काङ्ग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरे,सरस्वती आधारभुत बिध्यालय दासिकोटका प्रधानाध्यापक लेखनाथ कंडेल,

रुद्रावती बहुमुखी क्याम्पस प्रमुख रामु तिवारी,बरिष्ठ समाजसेवी कृष्णहरि सापकोटा, नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटि सचिव गोपीकृष्ण खरेल, पत्रकार विष्णु आचार्य, सुरज कार्की, भुवन काफ्ले, विद्यालयका वरिष्ठ चन्दादाताहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधीकारीहरु, विद्यालयका अभिभावक हरु को विशेष उपस्थिति रहेको विद्यालयका शिक्षक सम्झना कंडेलले ओझेलका खबर डट कमलाई जानकारी दिनुभयो।

विद्यालयका प्रधानाध्यापक देवीराम शर्माको स्वागत मन्तव्य रहेको वार्षिकोत्सव समारोह अवधिभर विद्यालयका शिक्षकहरु क्रमशः अनन्त लाल भण्डारी, महेश्वर घिमिरे, सरोजराज बौद्धाचार्य, रामचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। वार्षिकोत्सव समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष टेकबहादुर राना ले गर्नुभएको थियो।

विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले तयार गरेका सांगीतिक प्रस्तुतिहरु ले दर्शकहरु लाई थप मनोरञ्जन प्रदान गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया