Awareness

वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिले टिकटक प्रतियोगिता आयोजना गर्ने

कला/संस्कृति खबर टिकटक प्रतिभा छनोट प्रतियोगिता प्रमुख खबर

Place for ads

गुल्मी: विगतमा उत्कृष्ट स्वर छनोट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेर लुकेर रहेका प्रतिभा प्रस्फुटन गरेको वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिले यसपटक पनि त्यस्तै अभिनय कलामा कुशल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उत्कृष्ट टिकटक प्रतिभा छनोट प्रतियोगिता आयोजना गर्दैछ।

यस प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने तीनजनालाई संस्थाले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्ने र कदरपत्रले सम्मान गरिने बताइएको छ। प्रतियोगितामा सहभागी हुन वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिद्वारा निर्मित गीत ‘प्रकृतिले दिएको वामी’ गीतमा नै टिकटक भिडियो निर्माण गरेर पोष्ट गर्नुपर्नेछ।

Get Vaccinated

प्रतियोगिताका विभिन्न चरणहरू र नियम वा मापदण्ड निम्न प्रकार रहेका छन:

१. प्रतियोगिताको अडिसन राउन्ड यहि मिति २०७८ माघ ०५  गते देखि शुरु गरिनेछ।

२. प्रतियोगीहरुको मूल्यांकनको आधार निम्नानुसार हुनेछन्:

विधा/आधार अंक
अभिनय २५
ओठ भाव/लिपसिंक १०
प्रस्तुति/आत्मविश्वास
पहिरन
दर्शक रोजाई
कुल ५०

गरी टोटल ५०×४ निर्णायक गरी कुल २०० पुर्णाङ्कमा ४ जना निर्णायकको जोडनै प्रतियोगीको मूल्याकंन निर्धारण हुनेछ।

Awareness by SKF

३. भिडियो स्पष्ट हुनु पर्नेछ।

४. अन्य गीतमा जोडिएको भिडियोलाई मान्यता दिइने छैन।

५. प्रकृतिले दिएको वामी आफैमा सो क्षेत्रको संस्कृती तथा सम्पदाहरु संग जोडिएको गीत भएकोले तपाईंको पहिरनले अप्ठ्यारो गराउने खालको हुनु हुँदैन।

६. गीत र त्यसको बोल अनुसारको भूभाग तथा पहिरन भए सुनमा सुगन्ध नै हुनेमा विश्वस्त छौँ।

COVID-19

७. अडिसन राउन्डमा गीतको थेगोमा थेगोकै समय अनुसारको अभिनय गरी आफ्नै टिकटक आइडीबाट पोष्ट गरी सोही भिडियो  वामेली सांस्कृतिक मन फेसबुक मेसेन्जरमा  कार्यक्रमका संचालकलाई पठाउनु पर्नेछ।

८. दोश्रो राउन्डबाट पाँचौ राउन्ड सम्म गीतको कुन भागमा अभिनय गर्ने भन्ने बारे प्रतियोगिताका लागि बनाइएको अफिसियल टिकटक आइडी @rameshkandel25 मार्फत सार्वजनिक गरिनेछ र त्यही सार्वजनिक गरिएको अडियोमा अभिनय गरी आफ्नै टिकटक आइडी मार्फत सार्वजनिक गरिसकेर संचालकलाई पठाउनु पर्नेछ।

९. सार्वजनिक गरेको दिन देखि १ हफ्ताको लाइक कमेन्ट शेयरका आधारमा अथवा दर्शकको रोजाईका मूल्यांकन गरिने छ।

१०. प्रतियोगिताको अन्तिम चरण अथवा फाइनल राउन्डका लागि गीतको शुरु देखि ३ मिनेटको भिडियो आफ्नै टिकटक आइडीबाट पोष्ट गरी संचालकलाई पठाउनु पर्नेछ।

११. फाइनल राउन्डको दर्शक रोजाई मूल्यांकन भने २ हफ्ताको लाइक, कमेन्ट वा शेयरका आधारमा हुनेछ।

प्रतियोगिताको लागि निर्णायकको भूमिका विभिन्न विधाका प्रतिष्ठित कलाकार तथा विज्ञ भुमा गुरुङ, ओवी रायमाझी, शारिका केसी र रमेश कंडेलले निर्वाह गर्नुहुनेछ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरुले माथिका सबै मापदण्ड अवलम्वन गरी आ-आफ्नो अभिनय गरेको भिडियो माथि तोकिए बमोजिम पोष्ट गर्नुपर्नेछ। उपलब्ध भिडियो सञ्चालकले संस्थाको फेसबुक पेज मार्फत शेयर गर्नुहुनेछ।

सबै प्रतियोगीहरुका भिडियो फेसबुक पेजमा अपलोड गरी शेयर भई सकेपछि दुइ हप्ता समय राखेर निर्णायक मण्डलीले प्रतियोगीहरुको प्राप्ताङ्क सार्वजनिक गर्नुहुनेछ। यसको एक हप्ता पछि चुनिएका प्रतियोगिहरुलाई दोस्रो राउन्डमा प्रवेश गराइनेछ।

प्रतियोगीहरुले सञ्चालकले दिएका समय सिमा भित्र रहेर चरणबद्ध रुपमा आफ्नो कला पेश गर्नुपर्ने हुन्छ। यसरी क्रमिक रुपमा प्रतियोगिता फाइनल राउन्ड सम्म पुग्दा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाहरुलाई हामिले छायांकन गर्ने म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गरिनेछ।

‘साथै संस्थाको तर्फबाट नौमती सांस्कृतिक महोत्सवमा मुसिकोट नगरपालिकाको केन्द्र वामी टक्सारमा कदरपत्र हस्तान्तरण गरी सम्मान गर्नेछौँ।’ संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। ओझेलका खबर डटकम यस प्रतियोगिताको मिडिया पार्टनर रहेको छ।

प्रतियोगिताका लागि प्रयोग गर्ने म्युजिक भिडियो हेर्नुहोस्:

@ojhelkakhabarटिकटक प्रतियोगितामा सहभागी हुन @rameshkandel25 मा गई यस गीतमा टिकटक बनाउनुहोस्।

♬ original sound – OjhelkaKhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *