Smoking Causes Cancer

गुल्मीको मुसिकोट स्थित बडिगाड नदी किनारमा एक युवकको शव फेला



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: बढिगाड नदि किनारमा एक जना युवाको शव फेला परेको छ। हिजो १८ गते आइतबार करिब साँझको ५:३० बजे वामी र भुवाचिदीको बिच भेडुवा भन्ने स्थानमा उक्त शव भेटिएको हो।

मुसिकोट नगरपालिका-१, पौँदी अमराई बस्ने अन्दाजी २५/२६ वर्षिय विष्णु मगर हिजो १/२ बजेको समयमा घरबाट साथी राजेश सुनार सङ्ग उनको मोटरसाइकलमा मुसिकोट-४, धारापानी तर्फ ससुराली जाने भनेर हिँडेको तर राजेशलाई बिच बाटोबाटै फर्काएका विष्णु मृत भेटिएका हुन्।

उनको टाउकोमा दुई ठाउँ चोट भेटिएको र छातिमा पनि सामान्य चोट देखिएको वामी प्रहरी चौकीका सई जनक थापाले बताउनु भएको छ। मृतकका श्रीमति र दुई छोरी रहेको खुलेको छ।

सिंचाई
Forest
Ad.

मृतक भेटिएका विष्णुले रक्सी सेवन गरेको र झेँदी पारीबाट बढिगाड खोलामा खसेको भन्ने अपुष्ट जानकारी पनि आएको छ।बशव पोस्टमार्टमका लागि सदरमुकाम तम्घास लगिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया