Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोट स्थित बडिगाड नदी किनारमा एक युवकको शव फेला



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बढिगाड नदि किनारमा एक जना युवाको शव फेला परेको छ। हिजो १८ गते आइतबार करिब साँझको ५:३० बजे वामी र भुवाचिदीको बिच भेडुवा भन्ने स्थानमा उक्त शव भेटिएको हो।

मुसिकोट नगरपालिका-१, पौँदी अमराई बस्ने अन्दाजी २५/२६ वर्षिय विष्णु मगर हिजो १/२ बजेको समयमा घरबाट साथी राजेश सुनार सङ्ग उनको मोटरसाइकलमा मुसिकोट-४, धारापानी तर्फ ससुराली जाने भनेर हिँडेको तर राजेशलाई बिच बाटोबाटै फर्काएका विष्णु मृत भेटिएका हुन्।

उनको टाउकोमा दुई ठाउँ चोट भेटिएको र छातिमा पनि सामान्य चोट देखिएको वामी प्रहरी चौकीका सई जनक थापाले बताउनु भएको छ। मृतकका श्रीमति र दुई छोरी रहेको खुलेको छ।

सिंचाई
Forest
Ad.

मृतक भेटिएका विष्णुले रक्सी सेवन गरेको र झेँदी पारीबाट बढिगाड खोलामा खसेको भन्ने अपुष्ट जानकारी पनि आएको छ।बशव पोस्टमार्टमका लागि सदरमुकाम तम्घास लगिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया