Hi-Speed Computer

Awareness Campaign

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई जन्मथलो गुल्मीको मदानेमा सम्मान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

शिव सुवेदी, गुल्मी: शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई जन्मथलो मदाने गाउँपालिका-४, म्यालपाेखरी गुल्मीमा सम्मान गरिएको छ। मन्त्री भएपछि पहिलो पटक जन्मथलो आएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई स्थानीयवासीहरुले स्वागत सहित सम्मान गरेका हुन्।

आईतवार उनको स्वागतमा मदाने गाउँपालिका ४ वडा कार्यालय लगायत यहाँ रहेका विभिन्न राजनीति दलका नेता, कार्यकर्ता, सामाजिक व्यक्ति, आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयवासी लामबद्घ भई फूलमाला र खादा लगाई सम्मानपत्रले समेत सम्मान गरेका थिए।

Forest
Forest
Ad.

स्थानीय चेली मन्त्रीकाे सम्मानमा स्थानीय पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए। मन्त्रीकाे स्वागत गर्न बालबालिका देखि ८० वर्ष उमेर समूह कटेका जेष्ठ नागरिक पनि वडा कार्यालयदेखि सडकका विभित्र भागमा लामवद्घ भएका थिए।

उनीहरुले मन्त्री झाँक्रीलाई नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो बनाउन आशिर्वाद समेत दिएका थिए। यस्तै मन्त्री झाँक्रीलाई मदाने गाउँकार्यपालिका गुल्मीले पनि आफ्नै कार्यालयमा सम्मान तथा स्वागत गरेकोे छ भने माध्यमिक शिक्षा अध्ययन गरेकाे पृथ्वी माध्यमिक विद्यालय पुर्काेट दहले समेत सम्मान गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया