Hi-Speed Computer

Awareness Campaign

मदाने गाउँपालिकाद्वारा अग्लुङ्ग स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा सदरमुकामको हिसाबले अत्यन्तै टाढा पर्ने साविकको गाविस मध्ये एक अग्लुङ्ग पनि हो। अहिले सोही गाविस मदाने गाउँपालिका वडा नम्बर १ मा पर्दछ। विगत देखि अहिले सम्म सोही ठाउँमा कोहि बिरामी पर्दा स्टेचर‌ कि चोयाले बुनेका डोका प्रयोग गरिन्थ्यो। स्थानीय सरकार आएपछि अग्लुङ्ग विकासको हिसाबले सुगम बन्दै गएको छ।

जनतामा एक तरिकाले खुशियाली छाउदै गएको छ। अग्लुङ्ग बिकासले अत्यन्तै पिछडिएको मदाने गाउँपालिका वडा नम्बर ०१ पर्द्छ । जहाँ पहिले पर्ने रकम भन्दा स्थानीय सरकार बनेपछी पर्ने रकम आकाश पातालको फरक बनेको छ।

यातायात, विद्युत, खानेपानी, स्वास्थ्यको अहिले कुनै वडामा अभाव देख्न पाइदैन। अभाव थियो नभएको होईन धेरै ठाउमा यतिबेला सबैको घरमा उज्यालो बत्ती, आफ्नै व्यक्तिगत प्रयोजनका लागि प्रयोग साधन, प्रत्येक घर घरमा पानीका ट्यान्की, प्रत्येक वडामा स्वास्थय चौकी लगाएतका सुबिधा प्रसस्त मात्रामा रहेको छ।

Forest
Forest
Ad.

समस्या क्रमश हल हुँदै छन सोही क्रममा शुक्रबार एक कार्यक्रमका बिच एम्बुलेन्स उद्घाटन गरिएको छ। मदाने गाउँपालिकाको पहलमा पन्ध्र लाख बराबरको लागतमा गाउँ पालीका उपाध्यक्ष सरिता खड्काले उद्घाटन गर्नु भएको हो।

कार्यक्रममा वडा अध्यक्ष प्रेम चन्द ,वडाका वडा सदस्यहरु ,विभिन्न राजनीति दलका प्रतिनिधि ,समाजसेबी, बुद्धिजिबिको उपस्तिथि रहेको थियो। कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष चन्दले अग्लुङ्गमा एम्बुलेन्स उदघाटनको क्रममा अग्लुङ्गवासीमा खुशीयाली छाउदा मन छोएको बताउनु भयो।

उहाँ भन्नू हुन्छ मैले केही बर्ष अगाडि नै एम्बुलेन्स लिने योजना बनाएको थिए तर एम्बुलेन्स आउन पनि मोटरबाटो चाहिदो रहेछ त्यसकारण ढिलो भएको बताउनु भयो। हामी ढिलै भएपनि महेन्द्र कम्पनीको एम्बुलेन्स ल्याएका छौँ। हामी लगाएत स्वास्थ्य चौकी दुबैलाई अबसर र चुनौती भएको गाउँ पालिका उपाध्यक्ष सरिताले चन्दले बताउनु भएको छ।

अब यो अबसरलाई सहि ठाउमा प्रयोग गरेर अग्लुङ्ग्मा अब पहिले जस्तो बिरामी पर्दा कुनै चिन्ता नहुने वडा अध्यक्ष प्रेम चन्दले बताउनु भय। नालिबेली न्यूज डटकममा यो खबर छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया