Clean Water Campaign

Awareness Campaign

अब बुटवलमा सैनिक अस्पताल र विद्यालय बन्ने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

रुपन्देही: बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय भवन बन्ने भएको छ। सैनिक कल्याणकारी योजना अन्तर्गत सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र सैनिक आवासीय महाविद्यालय र २२ नम्बर बाहिनी अड्डा योगिकुटी ब्यारेकभित्र सैनिक अस्पताल निर्माण गर्न लागिएको हो।

विद्यालय भवन र सैनिक अस्पतालको आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन्। त्यस अवसरमा प्रधानसेनापति शर्माले सैनिक ब्यारेक क्षेत्रभित्र बन्ने अस्पताल र विद्यालयले नेपाली सेनाका बालबालिकाको शिक्षा दीक्षा र सैनिकहरूको उपचारमा सहजता हुने बताए।

कार्यक्रमका अवसरमा प्रधानसेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटवार्ता गरेका थिए। बुटवल उपमहानगरपालिका-१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत प्रधान सेनापति शर्माले अवलोकन गरेका छन्।

सिंचाई
Forest
Ad.

अवलोकनको क्रममा प्रधानसेनापति शर्मालाई श्री गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुनर्निर्माण कार्य सम्बन्धी गुरुयोजनाका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा स्थानीय इतिहास सम्बन्धी जानकार व्यक्ति रवीन्द्र लाकौल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए। अन्जुली अनलाइनमा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया