Hi-Speed Computer

Awareness Campaign

नेपाल शिक्षक महासंघ गुल्मीको बैठक सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रामकृष्ण कंडेल, गुल्मी: नेपाल शिक्षक महासंघ गुल्मीको बैठक तम्घासमा सम्पन्न भएको छ। बैठकले नेपाल शिक्षक महासङ्घ गुल्मी सँग आवद्ध सदस्य शिक्षकहरूको नवीकरण यही पौष मसान्त भित्र गर्ने निर्णय गरेको छ।

बैठकले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा कार्यरत सबै शिक्षकहरूको नविकरण गरी नविकरण शूल्क सहित पुस मसान्त भित्र जिल्ला कार्य समितिमा पेश गर्नको लागि शिक्षक महासङ्घका स्थानीय कमिटीहरुलाई जिल्ला कार्यसमितिको तर्फबाट परिपत्र गर्ने निर्णय गरिएको छ।

सदस्यता नविकरण र सदस्यता शुल्क प्राप्त भएपश्चात महासंघ सँग आवद्ध पेशागत संघ संगठनहरुका प्रमुखहरु को सहभागितामा बैठक बसी शिक्षक महासंघ को स्थानीय कमिटीहरु निर्माण गर्नको लागि आवश्यक निर्णय गर्ने निर्णय गरिएको छ।

Forest
Forest
Ad.

तम्घासमा सम्पन्न आजको बैठकमा नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष प्रेम नारायण भण्डारीको प्रमुख आथित्यता रहेको थियो। बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका जिल्ला सचिव भुवन टण्डन, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटी सदस्य नारायणप्रसाद घिमिरे, नेपाल शिक्षक संघ गुल्मी जिल्ला सचिव खिमबहादुर थापाको उपस्थिति रहेको थियो।

यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष डेलराज खनाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मी जिल्ला कमिटी अध्यक्ष राजु गौतम, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद खनाल, प्रदेश सदस्य ऋषिराम शर्मा शिक्षक महासंघ गुल्मी जिल्ला उपाध्यक्ष केशव पराजुली लगाएत शिक्षक अगुवाहरुको उपस्थिति रहेको थियो।

बैठकको अध्यक्षता नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हीरासिंह सराङकोटीको रहेको थियो भने सञ्चालन जिल्ला सचिव रामकृष्ण कंडेल ले गर्नुभएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया