Clean Water Campaign

Awareness Campaign

गुल्मी अस्पतालको २० प्रतिशत काम सकियाे, भारतीय प्राविधिक टोलीले गर्याे अनुगमन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मी अस्पताल तम्घासको निर्माणकार्य २० प्रतिशत सकिएको छ। निर्माणाधिन अस्पतालको भारतीय प्राविधिक टोलीले समेत अनुगमन गरेको छ। भारतीय सरकारको पूर्ण अनुदानमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ पाल्पा मार्फत आयोजना कार्यान्वयन भइरहेको छ।

सोमबार भारतीय सरकारका आधिकारिक कन्सलटेन्ट अजयकुमार हजारीका, हिमांशु शर्मा र घनश्याम मित्तलसहितको टोलीले आयोजनाको अनुगमन गरेकाे छ।

टोलीले कामको प्रगति र गुणस्तरको विषयमा प्रशंसा गरेको छ। अस्पताल निर्माणका लागि स्वच्छन्द-बानियाँ जेभी मकवानपुर हेटौँडाले निर्माणको सम्झौता गरेको छ। अस्पतालको काम दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। निर्माण सुरु भएको साढे पाँच महिनामा अहिलेसम्म २०.२ प्रतिशत काम सकिएको सुपरिवेक्षण गरिरहेका भारतीय सरकारको आधिकारिक कन्सलटेन्ट (कन्स्ट्रक्सन सुपरभिजन एक्सपर्ट) इन्जिनियर अजयकुमार गुप्ताले जानकारी दिए।

सिंचाई
Forest
Ad.

२५ करोड ४१ लाखमा निर्माण सम्झौता
अहिले अस्पतालको राफ्ट फाउन्डेसनको ढलानको काम सकिएको छ भने सियरवाल र पिल्लर निर्माणको काम भइरहेको छ। स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ४१ लाख १४ हजार ९ सय ६४ रुपैयाँको लागतमा अस्पताल निर्माणको सम्झौता गरेको छ। सम्झौता अगावै अस्पताल निर्माणको काम सम्पन्न गर्ने विश्वास निर्माण कम्पनीले लिएको छ।

कम्पनीका साइड इन्चार्ज कृष्ण घिमिरेले सम्झौताको समय अगावै सबै काम सक्ने गरी धमाधम काम भइरहेको बताए। उनले जिल्लाको सबैभन्दा ठूलो अस्पतालसँग जनताको आशा र विश्वास भएकाले रातदिन गरेर काम भइरहेको बताए। ‘हामीले अरू योजनाको काम पनि समयमै गरिरहेका छौँ। गुल्मी अस्पताल सम्झौता नसकिँदै निर्माण गरेर देखाउँछौँ,’ घिमिरेले भने, ‘काममा तीव्रता र गुणस्तरीयतामा पनि ध्यान पुर्याएका छौँ।’

गुल्मी अस्पताल ०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको हो। तर, भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन। यस अस्पतालमा उपचार गर्न गुल्मीसहित अर्घाखाँची र बाग्लुङका नागरिकसमेत आउने गर्छन।

लामो समयपछि जिल्लामा सुविधासम्पन्न आधुनिक अस्पताल निर्माणको कामले सार्थकता पाएको छ। प्रदेश स्तरको साढे ५ तल्लाको नयाँ भवनमा आइसियू, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टाछुट्टै व्यवस्था हुनेछ। त्यस्तै भवन निर्माणपश्चात् प्रसूति, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछ।

Awareness by SKF

गुल्मी अस्पतालमा अहिले अत्याधुनिक भवन मात्रै निर्माण भइरहेको छैन, आइसियू, एचडियू र अक्सिजन प्लान्टलगायतका महत्वपूर्ण सेवा विस्तारको काम पनि भइरहेकाले नागरिकमा स्वास्थ्यप्रतिको आशा बढेको युवा नेता ओम कार्कीले बताए।

अस्पतालको नयाँ संरचना र सेवा विस्तारले उपचारकै कारण बसाइँ सर्ने र केही जटिल समस्या आउनेबित्तिकै पाल्पा, बुटवल र काठमाडाैं दौडनुपर्ने बाध्यतामा केही हदसम्म कमी आउनेमा गुल्मेली नागरिक आशावादी छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया