गुल्मी: मुसिकोट नगरपालिका-२ को सेवा शुभारम्भ कार्यक्रम २०७८ आज एक समारोह बिच मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाबाट गरिएको छ।
मुसिकोट नगरपालिका वडा नम्बर २ मा हालसम्म कुनै पनि बैकिङ्ग सेवा नभएको अवस्थामा वित्तिय सेवालाई जनता समक्ष सहज रुपमा लैजानको लागि बैकिङ्ग सेवा शुरु गरिएको हो।
कार्यक्रममा वडा सदस्य ध्रुव पचाइ प्रशासन शाखा प्रमुख मुसिकोट नगरपालिकाका प्रकाश घिमिरेले शुभकामना मन्तव्य राख्दै मुसिकोट नगरपालिका वडा नम्बर २ मा बैकिङ्ग सेवा शुरु हुन लागेकोमा बधाई तथा शुभकामना दिनुभयो।

नगर प्रमुख सोमनाथ सापकोटाले पनि बधाई तथा शुभकामना व्यक्त गर्दै बैकिङ्ग सेवा मार्फत यस वडाका वासिन्दाहरुलाई सामाजिक सुरक्षा सहुलियतपूर्ण कर्जा लगायत अन्य हरेक किसिमको सेवा र सुविधा प्रदान गर्दै बैंकले सेवा सुचारु गर्नुपर्ने र यस वडामा बैकिङ्ग सेवा शुरु हुन लागेको खुसी व्यक्त गर्दै सबै मानिसहरु बैकिङ्ग क्षेत्रमा जोडिनु अहिलेको आवश्यकता रहेको बताउनु भयो।
मेगा बैंक नेपाल लिमिटेड तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बैंकले प्रदान गर्ने सेवा सुविधा र कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो।
कार्यक्रमको सभाध्यक्ष मुसिकोट नगरपालिका वडा न २ वडा अध्यक्ष लक्ष्मण खत्रीको रहेकोमा प्रमुख अतिथी मुसिकोट नगरपालिका नगर प्रमुख सोमनाथ सापकोटा, विशेष अतिथि मुसिकोट नगरपालिका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे, मेगा बैंक लिमिटेड गुल्मी शाखा प्रमुख कालिदास पाण्डे, कार्यपालिका सदस्य गोविन्द नेपाली, वडा सदस्य कोपिला घिमिरेको उपस्थिति रहेको थियो।

यसैगरी चुरा बहादुर पछाइ, नर बहादुर खत्री, राजनैतिक दलका प्रतिनिधिष विद्यालयका प्रधानाध्यापक, हेपो इन्चार्ज, समाजसेवी लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य बैंक प्रतिनिधि महेन्द्र घिमिरे र संचालन पञ्जिकरण शाखा प्रमुख विष्णु प्रसाद फुल्लेलको रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










