Hi-Speed Computer

Awareness Campaign

गएराति गुल्मीको मुसिकोट-७, वामी, पल्टारमा तोडफोड र चोरी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गएराती मुसिकोट नगरपालिका-७, वामी पल्टारमा तोडफोड सहित करिब ५५ हजार नगद चोरी भएको छ।

गोविन्द सापकोटाको घरमा रहको टेलरमा भित्र रहेको भुड्की फोरेर करिब ७ हजार चोरी भएको बताइएको छ।‌ त्यसैगरि लेभल अप कन्स्ट्रक्सनको कार्यालयबाट करिब ४० हजार नगद चोरी भएको व्यवस्थापक अर्जुन सापकोटा बताउनुहुन्छ।

उक्त घरमा रहेको इन्फिनिटी लघुवित्तबाट करिब ८ हजार नगद चोरी भएको बताइएको छ। घरका सबै ताला अत्यन्तै चलाखीपुर्वक काटिएको र तोडिएको छ। उक्त घरमा रहेको सिसीटीभी सोही समयमा बन्द भएको पाइएको छ। यस प्रकारका घटना सामान्य मान्छेले घटाउन नसक्ने वामी प्रहरी चौकीका असई जनक थापाले बताउनुभएको छ।

Forest
Forest
Ad.

असई थापाले बजारवासीहरुलाई साँझको समयमा अपरिचित तथा शंकास्पद मान्छे देखिए अत्यन्तै चलाखीपुर्वक प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभएको छ। त्रसित नभई सबै सचेत बन्न पनि उहाँले आग्रह गर्नुभएको छ। रुटिन अफ वामी बन्द नामको फेसबुक पेजमा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया