Awareness

Get Vaccinated

नेपाल बैंक लिमिटेड वामी शाखाद्वारा वामीटक्सारमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

भुवन काफ्ले, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित रुद्रावती बुहुमुखी क्याम्पसमा आज नेपाल बैंक लिमिटेड वामी शाखाले एक विद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुसिकोट-७, वामीमा रहेको नेपाल बैंक लिमिटेडको वामी टक्सार शाखाले मंगलबार रुद्रावति बुहुमुखि क्याम्पसमा विद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रम गरेको शाखा प्रबन्धक राजु अर्यालले ओझेलका खबरलाई जानकारी दिनुभयो।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड वामी शाखाका प्रबन्घक राजु अर्यालले बैंकको परिचय दिंदै वित्तिय साक्षरता किन आवश्यक छ भन्ने विषयमा प्रष्ट पार्नु भएको थियो।

त्यसै गरि कार्यक्रममा बोल्दै पुजा भट्टले बचत, ऋण, बिमा, विप्रेषण (रेमिट्यान्स), रेमिट्यान्स र हुन्डि बिचको फरक, बैंकका प्रकार, बैंक र अन्य वित्तिय संस्थाबिच रहेको अन्तर, बैंक खाताका प्रकार, बैंक खाता खोल्दा आवश्यक पर्ने कागज पत्र लगायतका विषयमा विद्यार्थीहरु सङ्ग छलफल गर्नु भएको थियो।

त्यसै गरी अर्की वक्ता दिपाली श्रेष्ठले कार्यक्रममा बोल्दै डिजिटल बैंकिङ अन्तरगत पर्ने Mobile Banking, Internet Banking, Fonepay, connect IPS, Demat, Mero share का विषयमा छलफल गर्नु भयो।

यसका साथै अहिले नेपाल बैंकमा लिमिटेड खाता खोल्ने विद्यार्थीहरुका लागि एउटा NTC को विभिन्न सुविधा सहितको सिम कार्ड निःशुल्क, अन्य विशेष अफरहरु रहेकाले सबै विद्यार्थीहरुलाई खाता खोल्न बैंक परिवारले अनुरोध गरेको शाखा प्रबन्धक राजु अर्यालले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा चेतना घिमिरेले बैंकिङ विषयमा कविता प्रस्तुत गर्नु भएको थियो भने भुवन काफ्ले, सुष्मा सलामी, चेतना घिमिरेले क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरि बैंकको विषयमा जान्ने अवसर दिनु भएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया