Clean Water Campaign

Awareness Campaign

कमेडी सिरियल ‘उकुसमुकुस’ ले दर्शकको माया बटुल्दै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: दर्शकले युट्युबमा हास्य सिरियललाई निक्कै रुचाएका छन। त्यसैले पनि युट्युबको ट्रेन्डिङमा हास्य सिरियलहरुकै वर्चस्व देखिन्छ।

विगत १० भागदेखि प्रसारण भइरहेको कमेडी सिरियल ‘उकुस मुकुस’लाई पनि दर्शकले रुचाएको यसको निर्माणपक्षले बताएको छ। सार्वजनिक १० भागमध्ये चारवटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको निर्माणपक्षको भनाइ छ।

यो  सिरियलमा दिलीप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ।

सिंचाई
Forest
Ad.

यो सिरियलमा पटकथा तथा संवाद केदारप्रसाद घिमिरे र दिलीप तामाङको छ। यस्तै, लेखन सुपरीवेक्षणको रुपमा केदारप्रसाद घिमिरेले काम गरेका छन्।

लोकचन्द्र थापाको छायांकन रहेको यो सिरियलमा सुविन दाहालको सम्पादन, नहकुल भट्टराईको लगानी, दिलीप तामाङ र सीतादेवी तिमिल्सिनाको निर्देशन रहेको छ।

आफूहरुले सिरियलमा गाउँघरका विषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले रुचाएको निर्माता नहकुल भट्टराईले जानकारी दिए। ‘उकुसमुकुस’को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको नवौं नम्बरमा छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया