बागलुङ: बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा कुँवर सेवा समाज निसीखोला गाउँपालिका बागलुङ गण्डकी प्रदेश नेपाल गठन गरिने भएको छ।
जिल्लाको पश्चिम निसीखोला गाउँपालिका का कुँवर समुदाय लाई एक हुन र समाजमा केहि नयाँ अनि फरक सोच ल्याउन कुँवर सेवा समाज गठन गरिने भएको हो।
कुँवर सेवा समाज का अनुसार हामी हाम्रो संस्कार,धर्म,संस्कृति को मात्र होइन अरुको संस्कार,धर्म,संस्कृति,रितिरिवाजलाई पनि उत्तिकै महत्त्व र सम्मान दिन्छौँ। कुँवर सेवा समाज ले समाजमा केहि नयाँ कुरा सिकाउन सचेतना मुलक कार्यक्रम,शैक्षिक क्षेत्रमा बौद्धिक कार्यक्रम लगायतको कार्यक्रम आयोजना गर्नेछ।
उक्त संगठन नयाँ भएकोले निसीखोला गाउँ पालिकाका सम्पुर्ण कुँवर समुदाय आवद्ध हुन पनि अपिल गरिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







