Hi-Speed Computer

Awareness Campaign

बर्खामा बढेकाे खोलाले अब रोक्नेछैन बुर्तिबाङ-तमान यात्रा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ पश्चिमका दुई स्थानीय तह ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सडक यातायात हरेक बर्ष बर्खाको सयम रोकिँदै आएको थियो। अब भने बर्खामा बढेकाे खोलाकै कारण याे सडककाे यात्रा नराेकिने भएकाे छ।

दुई स्थानीय तह जोड्ने सडक सञ्जाल बुर्तिवाङ-बोङ्गादोभान सडकको भालिवाङ र लुकुरवन खोलामा दुई वटा पक्की पुल निर्माण भएपछि बर्खामा समेत सहजै सवारीसाधन चल्ने सक्ने भएकाे हाे।

जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाकाे केन्द्रसम्मको सडक सञ्चालन खोलामा आउने पानीको कारण नरोकिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।

Forest
Forest
Ad.

ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सीमा क्षेत्र भालिवाङ खोलामा पक्की पुल निर्माण गरिएको छ। कुल चार करोड ४२ लाख लागतमा बुर्तिवाङदेखि तमानखोला गाउँपालिका केन्द्र बोङगादोभान जोड्न पुल निर्माण गरिएको हो। नयाँ बाटो सूर्यदल जेभीले गतबर्षको मंसिरदेखि पुल निर्माण सुरू गरेको थियो।

नौ महिनाका काम सक्ने गरी १२ असाेज ०७७ मा निर्माण सुरू भएपछि कोरोनाको कारण निर्माण ढिला भएको थियो। उक्त पुल ४० मिटर लम्बाइ र साढे आठ मिटर चौडाइको छ।

एक बर्षमा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको कम्पनीका साइड इन्जिनियर बलाराम पौडेलले जानकारी दिए। पुल निर्माणपछि दुई गाउँपालिकाको सडक सञ्जाल बाह्रै महिना सञ्चालन हुनेछ।

बर्खाको समय भालिवाङ खोलाको वहाब बढ्दा करिब पाँच महिना दुई पालिकामा यातयात सञ्जाल टुट्दै आएको थियो। अब नियमित सडक सञ्चालन हुने पौडेलले बताए। बूर्तिवाङ बजारदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान ११ किलो मिटरको दुरी छ। पुल निर्माण भएपछि सडक यातायातको दुरी २० मिनेटमा सिमित भएको छ।

Awareness by SKF

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुर्तिवाङ–तमानखोला सडक आयोजनाको स्तरवृद्धि तथा मोटरेवल पुल निर्माण गरेको हो। यसअघि आयोजनाले लुकुरबन खोलामा पुल निर्माण गरी यातयात सञ्चालन गरेको थियो। दुई वटा पुल सञ्चालनमा आए पछि बाह्रै महिना सडक यातायात सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताए। ज्योतिन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया