Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी अर्जेमा आगलागीले दृष्टिविहिन परिवारको बिचल्ली, सहयोगको अपिल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको मालिका-६, अर्जेका खिमप्रसाद र मोतिलाल भुसाल दृष्टिविहिन दाजुभाई हुन्। जन्मजात आँखा देख्दैनन्। तर, काम नगरे चुलो बल्दैन। सक्ने र भ्याएसम्मका काम गरेर घर परिवार चलाएका थिए।

मंसिर ४ गते साँझ घरगोठमा एक्कासी आगलागी भयो। विपन्न दृष्टिविहिन परिवारको गोठका पशु चौपाया बाहेक केहि जोगिएन। ‘जहाँ होचो त्यहिँ घोचो। घर गोठसंगै फेर्ने कपडा रहेनन,’ पीडत खिम बहादुर भुसालले भने, ‘दैव लागेसी जलेको घरमा ढलेको मन बुझाएर बसेका छौँ।’ अहिले दृष्टिविहिन दाजुभाईको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन।

‘गाउँलेले नबस्न भन्थे। तर, बारी कुनामा त्रिपालमुनी जाडो थेग्न सकस पर्यो,’उनले भने,‘जोखिम मोलेरै भएपनि जलेको घरकै तलामुनी बसिरहेका छौ।’ आफ्नो आर्थिक अवस्था नभएपछि सहयोग पाए घरकै पुर्ननिर्माण गर्ने सोच रहेको बताए। गाउँपालिकाले तत्काल केहि खाद्यान्य, कम्बल र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

जस्तापातासहित अरु सहयोगको पनि पहल भइरहेको गिरीले बताए। दृष्टिविहिन परिवार आगलागीको कारण बिचल्लीमा परेपछि तम्घास तथा बुटवलमा सहयोग अभियान संचालन भएको छ।

पीडित परिवारका छिमेकी तथा अभियान्ता शेषकान्त गौतमले परिवार दृष्टिविहिनसंगै आर्थिक रुपमा विपन्न भएकाले मानवीय रुपमा सहयोगका लागि सबैलाई आग्रह गरे। सोमबार गुल्मी अस्पताल, जिल्ला प्रशासन लगायत तम्घासका विभिन्न व्यक्ति र संस्थाहरुबाट करिब ३० हजार सहयोग संकलन गरिएको गौतमले बताए।

‘गरिब तथा विपन्न परिवारको दुःखमा देखाउने मानवीयतानै सबैभन्दा ठुलो धर्म हो,’ उनले भने, ‘दृष्टिविहिन भुसाल परिवारको अवस्था निकै दर्दनाक रहेको छ।’

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया