Awareness

गुल्मीमा १५ जना सडक बालबालिकालाई गरियो विद्यालय भर्ना

खबर

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्ला सदरमुकाम तम्घासका विभिन्न स्थानमा रहेका १५ जना सडक बालबालिकालाई विद्यालयमा भर्ना गरिएको छ। परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालबालिकाको सुरक्षाका लागि प्रहरीले चासो देखाएको हो।

जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा रहेका सडक बालबालिकाको रक्षा र उनिहरुको पठन पाठनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले चासो देखाएको छ। तम्घासमा बेवारिसे अवस्थामा रहेका १५ जना बालबालिकालाई विद्यालय भर्ना गरेको छ।

Get Vaccinated

प्रहरीले तम्घास बजार क्षेत्रका विभिन्न स्थानबाट जम्मा गरेका सडक बालबालिकाहरुलाई अभिभावकलाई जिम्मा लगाएर उनिहरुले पढ्न चाहेको विद्यालयमा पढ्ने व्यवस्था मिलाएको हो। बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ चासो देखाउँदै उनिहरुलाई पढ्ने व्यवस्था मिलाइएको छ।

तम्घासका सार्वजनिक स्थानमा अभिभावकको बेवास्ताका कारण बालवालिका सडकछाप हुने क्रममा बढ्दै गएकाले पहिलो चरण फेला परेका बालबालिकाहरुलाई स्कुलड्रेस सहित मिलाएर विद्यालयमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। सडक बालबालिकालाई बेवास्ता गरे उनिहरुले बजार क्षेत्रमा दुर्घटना बढाउने र पछि लागु औषध र चोरीडकैतीमा लाग्न सक्ने भएकाले बेलैमा उद्धार गर्नुपर्नेमा जोड दिए।

सडक बालबालिकालाई भर्ना गर्न विद्यार्थी लिएर प्रहरी उपरिक्षक भट्टराई विद्यालयमा आफै पुगेका थिए। उनले विद्यार्थीलाई नियमित स्कुलमा मात्रै भएपनि आउने बानी बसाल्ने गरि वातावरण तयार गरिदिनु विद्यालयमा आग्रह गरेका थिए।

पहिलो चरण यत्ति विद्यार्थी फेला परेपनि बजारमा अझै हुनसक्ने भएकाले खोजी कार्य जारी राख्ने बताए। उनले बालबालिकालाई नियमित स्कुल पठाउन पनि आग्रह गरे।

Awareness by SKF

केहि वर्ष यता तम्घासमा सडक बालबालिकाहरु सडकमै मागेर खाने तथा जहा पायो तेहि बस्ने, फोहोर गर्ने लगायतका क्रियाकलापहरु गर्दै आएका छन्। जिल्लाको सदरमुकाम तम्घासमा सडक बालबालिकाका अभिभावकहरु ज्याला मजदुरी गर्ने र बालबालिकाहरुलाई हेरचाह नगर्नाले दिनानुदिन बालबालिकाहरु सडक छाप हुने क्रम बढ्दै जान थालेको हो।

सडकम बालबालिकालाई विद्यालय पढ्न आउने बानी बसाल्नको लागि अधिकतम प्रयास गर्ने महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए। उनले यस्ता बालबालिकाहरु विद्यालयमा नियमित नआउने समस्या रहेको बताए।

बालबालिकाका अभिभावकहरु ज्याला मजदुरीका साथै मदिरा सेवन गर्ने र स्कुल पनि नपठाउने गर्नाले सडक बालबालिकाहरु छाडा बन्दै गएका हुन्। उनिहरुले सदरमुकाम तम्घासका विभिन्न पसलहरु र मानिसहरुसँग समेत पैसा माग्ने गर्दछन्। गुल्मी न्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *