Clean Water Campaign

Awareness Campaign

गुल्मी जिल्लाबाट अख्तियारमा ४५ वटा उजूरी, सबैभन्दा धेरै स्थानीय तहका



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मी जिल्लाबाट ४५ वटा उजूरी दर्ता भएका छन। भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा तथ्याङक सार्वजनिक गरिएको हो।

आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिल्लाका ४५ वटा उजूरी दर्ता भएकोमा १३ वटा फर्स्यौट भएका छन्। अब ३२ वटा उजूरी बाँकी रहेको भ्रष्ट्राचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले बताए।

क्षेत्रगत रुपमा स्थानीयतहका १६ वटा, शिक्षातर्फ १३ वटा, खानेपानीका ४ वटा, भौतिक पूर्वाधारका ३ वटा र अन्य ९ वटा भ्रष्टाचारसंग सम्बन्धित मुद्दा रहेका पाण्डेले बताए। गुल्मी जिल्लामा भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस एक कार्यक्रम गरेर मनाइएको छ।

Forest
Forest
Ad.

दिवसको अवसरमा जिल्ला स्थित सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको थियो। गुल्मी न्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया