Salime Malika Krishi Farm

Awareness Campaign

एकाबिहानै कुचो बोकेर रिडीको सडकमा निस्किए पुर्व मुख्यसचिव पौडेल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

माधव ज्ञवाली, गुल्मी: नेपाल साकारका पुर्व मुख्य सचिव तथा चीनका लागि पुर्व नेपाली राजदुत लिलामणि पौडेलले गुल्मीमा पनि सरसफाई अभियान सुरु गरेका छन्।

बाग्मती सरसफाइका अभियन्ता समेत रहेका पौडेल देशकै चार धाम मध्यको एक रुरुक्षेत्र धाममा सरसफाइ अभियान सुरु गरेका हुन्। पौडेल लगायत उनको टोली मंगलबार कालिगण्डकी नदि किनारा लगायत रुरुक्षेत्र रिडीका गल्ली गल्लीमा एकाबिहानै कुचो र झाडु सहित पुगि सरसफाइ गरेर अभियानको सुरुवात गरेका हुन्।

हामी कस्तो कपडा लगाउछौँ, हामी चिटिक्क छौँ कि छैनौ त्यसले नभइ हाम्रा नदिनाला, सम्पदा र सार्वजनिक स्थल कस्ता छन् त्यसको आधारमा विदेशीले हामीलाई मुल्यांकन गर्ने बताउँदै पौडेल भन्छन्, “सरसफाइ सभ्यताको सुचक हो।”

सिंचाई
Forest
Ad.

“लाखौँ पर्ने गाडी चड्ने, महँगो कपडा लगाएर हिड्ने, राम्रारामा बसाउने अत्तर छर्केर बसाउँदै हिड्ने हामी नै हाम्रा सम्पदालाई दुर्गन्धित बनाइरहेका छौँ” उनले भने। देश विदेश घुमेर त्यहाँको सहर बजार सुन्दर सफा देखेर आफ्नो ठाउँमा पनि त्यस्तै चाहने तर त्यसको लागि केही नगर्ने प्रवृत्ति नेपालीहरुमा रहेको बताउँदै त्यस्ता प्रवृत्तिका विरुद्ध अभियान सुरु गर्नुपर्ने भन्दै वि.सं. २०७० जेठ ५ बाट बाग्मती सरसफाइ अभियान सुरु गरेको र ९ बर्षसम्म आइपुग्दा पनि त्यसले निरन्तरता पाइरहेको उनले बताए।

आजसम्म आइपुग्दा देशभर १ सय भन्दा बढी ठाउँमा सरसफाइ अभियान सुरु गरिसकेको र निरन्तरता पनि पाइरहेको बताउँदै यस रुरुक्षेत्र धाम रिडिमा पनि यसले निरन्तरता पाउने कुरामा उनले बिश्वास राखे। यसरी थालिएका अभियानमा नेपाल प्रहरी र नेपाली सेनाको ठूलो हात रहेको पनि उनले बताए।

रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले पनि आफुले सुरु गरेको यस् अभियानलाई निरन्तरता दिने कुरामा विश्वास प्रकट गर्दै आफ्नो ठाउँको सरसफाइ गर्नु सबैको दायित्व पनि रहेको बताए।

तर अचम्मको कुरा उनले सुरु गरेको सरसफाइ अभियानमा त्यहाँका स्थानीय समाजसेवी तथा शिक्षक भने देखिएनन्। जानकारी गराउँदा पनि उपस्थित नहुँदा आफुलाई अनौठो लागेको उनको भनाइ छ। यधपी कार्यक्रममा स्थानीय आमा समूह, वडा नं. १ का जनप्रतिनिधि, रुरु प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी, नेपाल प्रहरीको र स्थानीय क्लबको भने उपस्थिति देखिएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया