Awareness

लुम्बिनी प्रदेश सरकारद्वारा गुल्मीमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक चेतना कार्यक्रम

खबर

Place for ads

अनिल खत्री, गुल्मी: सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्था रहेको छ। दुर्घटनामा सयौैँको मृत्यु हुने गरेको छ भने कयौं घाइते हुने गरेका छन्।

बढ्दो दुर्घटना न्यूनिकरण गर्न सरकारी तवरबाट पनि उत्तिकै कार्यक्रमहरु आयोजना हुने गरेका छन्। गुल्मी जिल्लामा ट्राफिक चेतना प्रवर्द्धन कार्यक्रम गरेर दुर्घटना न्यूनिकरण गर्ने प्रयास गरिएको छ।

Get Vaccinated

दुर्घटना न्यूनिकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ। बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको हो।

सडक सुरक्षा, ट्राफिक नियम चिन्ह तथा संकेतहरु, सवारी चलाउदा सवारीमा यात्रा गर्दा अवलम्वन गर्नुपर्ने सुरक्षा सर्तकर्ताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सहसचिव देविराम पाठकले बताए। विभिन्न चरण पास गरेर लाइसेन्स लिए पनि मानविय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेबार बन्नु पर्नेमा जोड दिए।

सचेतना कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँड लगायतका ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनको सम्बन्धी जनचेतना मुलक प्रस्तुति राखेका थिए। कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले दुर्घटना न्यूनिकरण गर्न सबैपक्ष जिम्मेवार बन्नु पर्नेमा जोड दिए।

उनले अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनिकरण हुने बताए। जिल्लामा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रमले केहि हदसम्म सहयोग पुग्ने सहभागीहरु गाडी धनी हिमाल कुँवरले बताए।

Awareness by SKF

उनले यस्तो खालका कार्यक्रमहरु समयसमयमा हुनुपर्नेमा जोड दिए। सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले प्रदेश सरकारले सबै जिल्लामा ट्राफिक चेतना प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ। यो खबर गुल्मी न्यूजबाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *