Hi-Speed Computer

Awareness Campaign

महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई स्काउट पोसाक वितरण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा स्काउटिङ शिक्षा पुर्याउने लक्ष्यका साथ स्काउट पोसाक वितरण गरिएको छ। नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई स्काउट पोसाक वितरण गरिएको हो।

विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले स्काउट पोसाक वितरण गरेका थिए। पोसाक वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले स्काउट शिक्षाले बालबालिका र युवालाई कर्तव्य परायण बनाउने बताए।

उनले स्काउट शिक्षालाई अभियानकै रुपमै लैजानु पर्नेमा जोड दिए। नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दिनानर्थ भट्टराईले कलिला बालबालिकाहरुलाई समाजमा स्थापित अनुशासित व्यक्ति निर्माणमा अवसर दिनुपर्छ भनेर नेपाल स्काउटले कार्यक्रम अगाडी सारेको बताए।

Forest
Forest
Ad.

नेपाल स्काउट लुम्बिनी प्रदेशको तदर्थ कमिटी निर्माण भएपछि स्थानीय तहसँग समन्वय गरेर बालबालिकालाई स्काउटिङ्ग शिक्षा प्रति कसरी आकर्षित गर्न सकिन्छ भनेर योजना बनाएर अगाडी बढेको बताए।

पोसाक वितरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी विद्यालय व्यवस्थापन समिति सदस्य घनश्यम पाण्डे, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी लगायतले स्काउट शिक्षाले बालबालिकालाई सानै उमेर देखि सामाजिक सेवाभाव प्रति आकर्षित गराउन भुमिका खेल्ने बताए।

जिल्लामा १२ वटै सथानीय तहमा स्काउटको संठन विस्तार भएको छ। नेपाल स्काउट लुम्बिनी प्रमुख तारा पुरी, प्रदेश सदस्य भरत अर्याल, कपुर घिमिरे विद्यालयका स्काउट शिक्षक लगायतको उपस्थित रहेको थियो। पोसाक वितरण कार्यक्रमको सहजिकरण नेपाल स्काउट रेसुङ्गा नगरकमिटी संयोजक सुरेश भण्डारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया