Awareness

Get Vaccinated

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको संयोजकमा अर्लाङ्गकोटकी पुजा चयन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रामकृष्ण कंडेल, वामीटक्सार: गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको युवा संयोजक पदमा गुल्मी अर्लाङ्गकोटकी चेली पुजा सापकोटा चयन हुनुभएको छ। आइतबार अष्ट्रेलियाको मेलर्वनमा सम्पन्न गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौँ अधिवेशनबाट युवा संयोजक पदमा पुजा सापकोटाको चयनले सापकोटाको जन्मस्थान गुल्मी अर्लाङ्कोटवासीहरु निकै हर्षित देखिएका छन।

सानै उमेर देखि समाजसेवामा समर्पित युवा व्यक्तित्वहरु पुजाका बुवा मणिरत्न सापकोटा र आमा कोपिला सापकोटाको गर्भबाट जन्मनु भएकी पुजाको पनि सानै उमेर देखिनै समाजसेवा प्रति रुचि रहेको बुवा मणिरत्न सापकोटाले ओझेलका खबर डटकमलाई बताउनुभयो।

सरल, सभ्य तथा अनुसाशित स्वभाव भएकी पुजा गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको युवा संयोजक पदमा चयन हुनु अत्यन्तै महत्वपुर्ण क्षण बनेको पुजाका बुवा मणिरत्न सापकोटाले बताउनु भयो।

लामो समय अगाडि देखि अष्ट्रेलियामा बसोबास गर्दै आएको सापकोटा परिवारले नेपालका विभिन्न स्थान विशेष गरेर जन्मस्थान अर्लाङकोटका सामाजिक संघसंस्था, विद्यालय सन्चालन, मन्दिर निर्माण लगायतका पुण्य कार्यहरुमा आर्थिक सहयोग गर्दै आएको देखिन्छ।

मेलबर्नमा सम्पन्न गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौँ अधिवेशनबाट युवा संयोजक पदमा छ्नौट हुनु भएकोमा पुजा सापकोटाको सफल कार्यकालको लागि यस अनलाइन परिवारको तर्फ देखि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया