Hi-Speed Computer

Awareness Campaign

खल्तीबाट कारोबार गर्दा आइफोन १३ जित्ने अवसर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ‘खल्ती मा आइफोन १३’ अफर सुरू गरेको छ। डिसेम्बर ५ देखि १४ जनवरी लागू हुने यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गरिने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सकिनेछ।

अन्तिममा एक जना भाग्ग्यशाली विजेताले आइफोन १३ प्रदान गरिन कम्पनीले जनाएको छ। साथै दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले एक लाख खल्ती पोइन्ट्स जित्नेछन्।

Forest
Forest
Ad.

यस योजनाको विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नुका लागि आइफोन क्याम्पेन संचालन गरिएको बताए।

२० लाखभन्दा बढी प्रयोगकर्ताहरू भएको ’खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ।

खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरूमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरू लिन सकिन्छ। ज्योतिन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया