Awareness

गुल्मीको मुसिकोटमा चितुवा मृत फेला

खबर

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा मृत चितुवा फेला परेको छ। जिल्लाको मुसिकोट नगरपालिका-५, आपँचौर तल्लाफाँटमा मृत चितुवा भेटिएको हो।

मिमिया फाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानीयले देखे पछि स्थानिय प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालय सोतामा जानकारी गराएका थिए। उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन वन कार्यायल गुल्मीमा जानकारी गराएको थियो।

Get Vaccinated

डिभिजन वन कार्यालय गुल्मीबाट सहायक वन अधिकृत पंकज कुमार ठाकुर सहितको टोलीले घटनास्थाल पुगी डिभिजन बन कार्यालय गुल्मीमा ल्याएको थियो। ६ फिट ४ इन्ज लामो करिब ३० केजीको चितुवालाई कार्यालय परिसरभित्र खाडल खनी व्यवस्थापन गरिएको छ।

२/३ दिन अघि मरेको हुन सक्ने डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत पंकज कुमार ठाकुरले बताए। वयस्क चितुवा के कारणले मरेको हो खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *