Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा चितुवा मृत फेला



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा मृत चितुवा फेला परेको छ। जिल्लाको मुसिकोट नगरपालिका-५, आपँचौर तल्लाफाँटमा मृत चितुवा भेटिएको हो।

मिमिया फाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानीयले देखे पछि स्थानिय प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालय सोतामा जानकारी गराएका थिए। उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन वन कार्यायल गुल्मीमा जानकारी गराएको थियो।

डिभिजन वन कार्यालय गुल्मीबाट सहायक वन अधिकृत पंकज कुमार ठाकुर सहितको टोलीले घटनास्थाल पुगी डिभिजन बन कार्यालय गुल्मीमा ल्याएको थियो। ६ फिट ४ इन्ज लामो करिब ३० केजीको चितुवालाई कार्यालय परिसरभित्र खाडल खनी व्यवस्थापन गरिएको छ।

सिंचाई
Forest
Ad.

२/३ दिन अघि मरेको हुन सक्ने डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत पंकज कुमार ठाकुरले बताए। वयस्क चितुवा के कारणले मरेको हो खुल्न सकेको छैन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया