Hi-Speed Computer

Awareness Campaign

बागलुङको रणसिंह किटेनीमा सुचारु भयो फोरजी इन्टरनेट सेवा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: मोबाईलमा कुराकानी गर्न त यस क्षेत्रका नागरिकले १० वर्ष पहिले देखि नै सुविधा पाएका छन तर विकसित प्रविधिको पहुँच नहुँदा ईन्टरनेट चलाउन भने पाएका थिएनन जसले गर्दा उनीहरुले समस्या झेल्दै आईरहेका थिए। टेलिकमले विकट तथा दुरदराजमा फोर जी सेवालाई तिव्र रुपले विस्तार गरिरहेकोले अहिले भने स्थानियलाई सहज भएको छ।

सदरमुकाम बागलुङ बजार देखि झण्डै २८ कोष पश्चिममा अवस्थित विकट गाउँ रणसिंहकिटेनीमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ। बडिगाड गाउँपालिका वडा नं. ४ जलजला र वडा नं ८ रणसिंहकिटेनीको सिमानामा अवस्थित बेतथलाको धुरीमा २५ मिटर अग्लो स्थायी टावर निर्माण गरी टेलिकमले सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए।

टेलिमकले उक्त स्थानमा २०६७ जेठ देखि पहिलो पटक टुजी सेवा शुभारम्भ गरेको थियो। २०६८ मा थ्रिजी सेवा थप गरेको टेलिकमले सेवाग्राहीलाई उच्च गतिको ईन्टरनेट डाटा सर्भिस र गुणस्तरिय भ्वाईस सेवा प्रदान गर्न सोमबार देखि चौंथो पुस्ताको मोबाईल सेवा प्रदान गरेको कार्यालय प्रमुख शर्माले बताए।

Forest
Forest
Ad.

ग्रामीण तथा विकट गाउँका नागरिकलाई सहज रुपमा सञ्चार सेवाको पहुँचमा जोडन उच्च गतिको ईन्टरनेट डाटा सर्भिस फोर जी र गुणस्तरिय भ्वाईस सेवा भोल्टी सञ्चालनमा ल्याईएको उनले बताए। यस भन्दा पहिले उक्त स्थानमा १८ मिटरको पोल टावरबाट टेलिकमले टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो।

अहिले २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर चौंथो पुस्ताको फोर जी सेवा शुभारम्भ भएपछि ग्रामिण क्षेत्रमा ईन्टरनेट चलाउन र उच्च गुणस्तरको आवाजमा फोन कल गर्न सुविधा भएको टेलिकमले जनाएको छ।

बेतथला धुरी समुद्री सतहदेखि २५ सय मिटरको उचाईमा अवस्थित छ। टेलिकमको फोर जी सेवा शुभारम्भ भएपछि बडिगाड गाउँपालिकाको वडा नं ४ जलजला, वडा नं ७ भिमगिठे र वडा नं ८ रणसिंहकिटेनी सँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाका अधिकांश भुभागका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा नं ८ का वडा अध्यक्ष यम बहादुर श्रीस थापाले बताए।

गाउँमा ईन्टरनेट सुविधा नहुँदा साह्रै समस्या झेल्नुपरेको थियो टेलिकमले फोर जी सञ्चालनमा ल्याएपछि सजिलो भएको छ वडा अध्यक्ष श्रीसले भन्नुभयो। अहिले स्वास्थ्य चौकी, किटेनी माध्यमिक विद्यालय र वडा कार्यालयमा प्राईभेट ईन्टरनेट सेवा त छ तर आउने जाने गर्छ भरपर्दो छैन जसले गर्दा अनलाईनबाट गर्नुपर्ने काम दिनहुँ प्रभावित हुने गरेको उनको भनाई छ।

Awareness by SKF

पहिले नेटवर्क सिग्नल खोज्न डाँडा तिर धाउनु पर्ने बाध्यता थियो। अहिले गाउँघरमै बसेर उच्च गतिको ईन्टरनेट र गुणस्तरिय भ्वाईस कल सहितको टेलिकमको फोर जी सुविधा पाउँदा आफुहरु खुसी भएको स्थानिय राजेन्द्र श्रीसले बताए।

त्यस क्षेत्रमा फोर जी सेवा सञ्चालनमा आए सँगै नमस्ते मोवाईल प्रयोगकर्ताले तीव्र गतिको मोवाईल ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन। सेवा विस्तार सँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित रहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया