Awareness

अभिभावक विहिन गुल्मीका ४ बालबालिका एसओएस बालग्राम भर्ना

खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीमा लामो समयदेखि अभिभावक विहिन चार बालबालिकालाई एसओएस बालग्राम भैरहवाले उद्धार गरेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको छ।

मदाने गाउँपालिका-५ मलायगिरीका ४ बर्षीय बालक कुलदिप र १३ बर्षीया बालिका लक्ष्मी विक चार बर्षदेखि अभिभावक विहिन थिए। मालिका ३ ह्वाङदीका ५ बर्षीय सन्दिप र ३ बर्षीय प्रदिप घर्ति मगर १४ महिनादेखि अभिभाव विहिन भएका थिए।

Get Vaccinated

लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसंग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेश भएको थियो। बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसोएसमा बालबालिका भर्ना गरिएको हो।

मदानेका दुई दिदि भाई गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाई वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गरेका हुन्। एसोएस भैरहवाको टोलीले ११ कार्तिमा गाउँ आएर बालबालिकाको वास्तविक अवस्था प्रतिवेदन बनाएको थियो। प्रतिवेदनको आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिए।

भर्ना भएका मध्ये दिदि लक्ष्मी विक काठमाण्डौ होटलमा काम गर्थिन्। ढकालले अभिभावक बिहिन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसोएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताए। एसोएसको सिद्धान्तमा पनि भाई बहिनीलाई छुटाउनु नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकोमा ढकालले खुसी व्यक्त गरे।

गाउँमा निकै बिचल्लीमा परेका बालबालिकाको उद्धार भएपछि निकै खुसीको महसुस गरेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन्। ‘सबैको मेहेनतपछि बालबालिकाको उद्धार गर्न पाएका छौँ। स्थानीय तहको पनि ठुलै उपलब्धि हो,’ उनले भनिन, ‘दुई बषदेखि प्रयत्न गर्ने इन्सेक गुल्मी र समन्वय गर्ने सिडिओ सापहरु एवं सहयोग गर्ने सबै प्रति आभारी छौँ।’

Awareness by SKF

एकै परिवारका चार जनाको मृत्यु
मदाने ५ का लक्ष्मी र कुलदिप विकका बुबा आमा चार महिनाको फरकमा बिते। बुबा मीन बहादुर विक ०७६ बैशाखमा बिते। आमा जुठी विक सोहि बर्षकै भदौमा बितिन। मीन बहादुर विक भारतमा मजदुरी गर्थे। मीन बहादुरका १४ बर्षीया छोरी अस्मिता विक र २१ बर्षीय छोरा सुर्य विकको पनि केहि बर्ष पहिले भारतको जीरापुरमा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो।

छोरीको मृत्युको चोट नसेलाउँदै कमाउन थालेको छोराको पनि मृत्यु भएपछि शोक र रोगले मिन बहादुर थला परे। भारतमै दुई छोराछोरीसहित श्रीमानको ज्यान गएपछि तीन छोराछोरी बोकेर जुठी गाउँ आएको वडाध्यक्ष हिमाल खड्काले जानकारी दिए। गाउँ आउने बित्तिकै बिरामी परेकी आमा पनि बितिन। जसका कारण बालबालिका बिचल्लीमा परे।

बालबालिकाको टाउको ओत्ने घर थिएन। एक टुक्रो जमिक पनि साहुको बन्धकीमा रह्यो। लक्ष्मीले डेढ बर्षको दुधे भाई र ९ बर्षकी बहिनी मोनिका हुर्काइन। मिठो खाएनन। स्कुल पाएनन्।

दैनिक अवस्था बल्झिदै गएपछि केहि समय अघि बहिनी मोनिका भारत आफन्तसंग गइन्। लक्ष्मीले काठमाण्डौ होटलमा मजदुरी गर्न थालिन। भाइ गाउँमै आफन्तकोमा थिए। मोनिका भारतबाट नआएकाले अहिले लक्ष्मी र कुलदिपलाई एसोएसमा संरक्षण गरिएको वडाध्यक्ष खड्काले बताए।

COVID-19

बाबुले आत्महत्या गरे, आमाले छोडिन
मालिका गाउँपालिका ३ का चन्द्र बहादुर घर्ति मगरले ११ असोज ०७७ मा आत्महत्या गरे। दशैँको अर्को दिन आत्महत्या गरेकाले परिवार शोकमा डुब्यो। श्रीमान बितेपछि पाँच महिना नपुग्दै फागुनमा टीका घर्तिमगर अर्कैसंग बिबाह गरेर घर छोडिन्। ५ बर्षीय सन्दीप र ३ बर्षका प्रदिप घर्ति मगर घरमै अलपत्र परे। अभिभावक विहिन बालक करिब एक बर्षदेखि गाउँमै अलपत्र थिए।

उचित खानपान र स्याहारको अभावमा दुई भाईनै शारिरीक रुपमा तन्दुरुस्त छैनन्। सन्दीपले एक आँखाले देख्दैनन् भने प्रदिपमा पनि कुपोषणको समस्या रहेको मालिका गाउँपालिका ३ का वडाध्यक्ष राजकुमार विकले जानकारी दिए। ‘गाउँमा उनीहरुको अवस्था देख्दा भक्कानो फुट्थ्यो। अभिभावकनै नभएपछि अरुले कतिन्जेल सहयोग गर्ने,’ उनले भने, ‘इन्सेक र एसोएसले निकै ठुलो गुण लगाउनु भएको छ।’

मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले दुई दाजुभाईको अवस्था देखेर पनि स्थानीय तहको तर्फबाट संरक्षणको लागि केहि गर्नु नसक्नु बिडम्बनाको बिषय भएको बताए। आफुहरुले पाँच बर्षमा भौतिक पुर्वाधारसंगै आर्थिक समाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेपनि बालकहरुको अवस्थाले कम्जोर महसुस भएको गिरीले बताए। उनले जिल्लामा सवै स्थानीय तहको पहल र समन्वय भए अनाथ बालबालिकाहरुकाहरुको लागि राम्रो काम गर्न सकिने बताए। गुल्मीन्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *