हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ।
नवनिर्मित भवनको सोमबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले उद्घाटन गरे। भवन उद्घाटन गर्दे मन्त्री शर्माले सुरक्षा र त्यससँग सम्बन्धित विषयलाई चुस्त राख्नु सरकारको पहिलो कर्तव्य भएको बताए।
कुल दुई करोड ८६ लाखको लागतमा तुल्सी कन्स्ट्रक्सन एण्ड अर्जुन विल्डर्स कम्पनीले एक बर्षमा काम सम्पन्न गरेको हो। लुम्बिनी प्रदेशमा गत आर्थिक बर्षमा ११ वटा इलाका प्रहरी कार्यालय निर्माणका लागि रकम निकासा भएको थियो।
जसमा गुल्मीमा पहिलोपटक कार्यालय उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख गोपालचन्द्र भट्राईले जानकारी दिए। भवन महिलामैत्री रहेको छ। त्यसका साथै कार्यालय भवन, ब्यारेक भवन, भान्साघर र शौचालयको सुविधा रहेको भट्टराईले जानकारी दिए।
चन्द्रकोटमा विगत २० बर्षदेखि सुरक्षाकर्मीहरु अस्थायी भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले बताए। नयाँ भवन निर्माण भएसँगै सुरक्षा व्यवस्थामा चुस्त दुरुस्त आउने खत्रीले बताए। खबरमार्केट डटकममा हुमाकान्त पोखरेलले यो खबर लेख्नुभएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |