Awareness

Get Vaccinated

अपाङ्गताको क्षेत्रमा बनेका नीतिनियमको कार्यान्वयनमा सरोकारवालाको जोड



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

वसन्त श्रेष्ठ छापेली, सन्धिखर्क: अपाङ्गताको क्षेत्रमा बनेका नीति नियमको पूर्ण कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन। ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सन्धिखर्कमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले अपाङ्गता भएका व्यक्तिहरु प्रतिको व्यवहार र बनेका नीतिहरुको कार्यान्वयन पक्ष कमजोर रहेको बताएका हुन।

दिवसको अवसरमा सन्धिखर्कको निर्मल नवज्योति सुस्त मनस्थिती विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा अपाङ्गता भएकाहरुका लागि प्रयाप्त अवसर र सुविधा प्रदान नगरिएको वक्ताहरुको भनाई थियो। दिवशको अवसरमा अपाङ्गता भएका व्यक्तिहरु र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुसँग अन्तर्क्रिया तथा कुर्सी दौड कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालय आयोजक, एचआरडिसीको आर्थिक सहयोग तथा श्रृजनशील अपाङ्ग विकास केन्द्र, श्रृजनशील अपांगता सरोकार केन्द्र र अर्घाखाँची नेत्रहिन संघ लगायतको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सदस्य कमला परियार, विशिष्ठ अथिति तथा श्रृजनशील अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डे, जिल्ला समन्वय समितिका सदस्य गणेश बहादुर नेपाली, एचआरडिसीका कार्यक्रम प्रमुख सुमन ढुंगाना लगायतले अपाङ्गगता भएकाहरुको सवालमा सबै पक्षले साझेदारी गर्नुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा विद्यालयका अभिभावक ऋषव अधिकारीको अध्यक्षता, सिता पौडेलको स्वागत मन्तव्य र एकता रायमाझीको सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया