Hi-Speed Computer

Awareness Campaign

गुल्मीको धुर्कोटमा महिला उद्यम समूहद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री उपहार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनशील सामुदायिक विकास केन्द्रद्वारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तर्गत धुर्कोट गाउँपालिका-१, नयाँगाउँ खालचौरमा गठित जनजागरण महिला उद्यम समूहद्वारा स्टेसनरी सामग्री उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ।

‘भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ती सिकाऔँ’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै समुहमा न्यायोचित एवम दिगो विकासको लागि हेफर आधारशिला तालिम सम्पन्न भएको थियो।

त्यसपछि समुहका सबै सदस्यले उपहार प्रदान भन्ने विषयमा सामुहिक प्रतिबद्धता गरेबमोजिम वास्तविक आवश्यकताको पहिचान गरी मालारानी गाउँपालिका-२ मा रहेको विरेन्द्र माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी अनिता विकलाई प्रति सदस्य ५० का दरले ७ सय ५० को डेढ दर्जन कापी र २ प्याकेट कलम सामुहिकरुपमा उपहार प्रदान गरिएको हो।

Forest
Forest
Ad.

जनजागरण महिला उद्यम समूहकी अध्यक्ष पुष्पा पाण्डेको अध्यक्षता, समुहकी उपाध्यक्ष जागित्रा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम परियोजनाका सहजकर्ता विष्णु कुँवरको शुभकामना मन्तव्य रहेको थियो। कार्यक्रमको संचालन समुहकी सचिव मिना पान्डेले गर्नु भएको थियो। निष्पक्ष खबर डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया