Awareness

Get Vaccinated

निर्वाचन आयोग गुल्मीले सुरु गर्यो चुनाव लक्षित कार्यक्रमहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

डिबी खड्का, गुल्मी: जिल्ला निर्वाचन कार्यालय गुल्मीले आगामी निर्वाचनलाई लक्षित गरी जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसै बिच सोमबार सदरमुकाम तम्घासमा मतदाता नामावली संकलन सम्बन्धी सरोकारवालाहरु सङ्ग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले निर्वाचन लक्षित कार्यक्रम अगाडि बढाएको हो। अन्तर्क्रिया कार्यक्रममा कसरी धेरै भन्दा धेरै गुल्मेली नागरिकलाई मतदाता नामावलीमा समेट्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो।

साथै १८ वर्ष भन्दा माथिकाले मात्रै मतदाता नामावलीको फारम भर्नु पर्छ भन्ने भ्रम जिल्लामा रहेका कारण यसलाई चिर्दै नागरिकता बनाउदा संगै मतदाता नामावलीको फारम भर्नु पर्ने कुरामा जोड दिन सरोकारवाले आग्रह गरेका छन्। त्यस्तै निर्वाचन आयोग गुल्मीले जिल्लाका सबै स्थानीय तहमा पुगेर मतदाता नामावली सङ्कलन गर्ने भएको छ।

पहिलो चरणमा मंसिर १७ देखि २६ गते सम्म जिल्लाको गुल्मी दरबार गाउँपालिका, सत्यवती गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा नामावली सङ्कलन हुनेछ भने दोस्रो चरणमा मङ्सिर २८ देखि पुस ८ गते सम्म छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका, चन्द्रकोट गाउँपालिका, इस्मा गाउँपालिका र मदाने गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन गर्ने जिल्ला निर्वाचन अधिकारी माया कुँवरले बताईन।

गुल्मी जिल्लामा २०७७ पुस ५ गते सम्मको तथाङ्कलाई हेर्दा दुई लाख ११ हजार सात सय ३२ जना कुल मतदाता रहेका छन्। जसमा महिला एक लाख आठ हजार छ सय ५९ , पुरुष एक लाख तीन हजार ७१ र तेस्रो लिङ्गी दुई जना मतदाता रहेका छ्न। गुल्मी अपडेट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया