Awareness

गुल्मी मुसिकोटको धुलाम्य सडकमा पानी छ्याप्दै ट्राफिक प्रहरी

खबर

Place for ads

गुल्मी: गुल्मी जिल्लाको सबैभन्दा व्यस्त रहने सडक हो रीडी-रूद्रवेणी-वामीटक्सार सडक। यो धुलाम्य कच्ची सडकको यात्रा गर्ने जो कोही नागरिकले पनि भन्छन अर्को यात्रा गर्ने समय सम्म यो सडक कालोपत्रे भइदियोस।

तर बिडम्वना यो सडकका कारण यस क्षेत्रका नागरिकहरूले धेरै वर्ष देखि यस्तै पिडा भोगिरहेका छन। देशमा स्थानिय तहको निर्वाचन पछि यो सडकले मुहार फेर्ने धेरैको अपेक्षा थियो परिणाम त्यसो हुन सकेन। यो सडकको अधिकांश भाग वर्षायामा हिलाम्य हुन्छ भने अहिले हिउँद महिनामा धुलाम्य छ।

Get Vaccinated

कतिपय स्थानमा स्थानिय तहले सडकमा पानी छ्याप्ने व्यवस्था मिलाउने प्रयास गरी रहेका छन भने धेरै जसो स्थानका वस्तीहरूमा भने नागरिकहरू स्वयंले नै सडकमा पानी छ्यापेर धुलोबाट बच्ने प्रयास गरी रहेका दृष्य यात्राका क्रममा देख्न सकिन्छ।

यसै बिच मुसिकोट नगरपालिकाको वामीटक्सारमा भने केही दिन देखि एउटा फरक दृष्य देखिने गरेको छ। वामीटक्सारमा रहेको अस्थायी प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी सुनिल थापाले नियमित सडकमा आफुले नै पानी छ्याप्ने कार्य गरिरहेका हुन्छन।

उनले नियमित ड्युटीका अतिरिक्त सडकमा पानी छ्याप्ने काम गरेको देखेर यात्रा गर्ने जो कोहीले पनि उनको प्रसंशा गरी रहेको दृश्य देख्न र सुन्न सकिन्छ। सेरोफेरो नेपाल डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *