Clean Water Campaign

Awareness Campaign

आजको मौसम: पाँचवटा प्रदेशमा भारी हिमपातको सम्भावना



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: आज देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविदहरुले बताएका छन्। मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर मौसमविद्ले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको बताएका हुन्।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बेलुकादेखि हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो। यस्तै, आज देशका केही पहाडी क्षेत्रमा हल्का वर्षासमते हुने उहाँले बताउनुभयो।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाइ र यातायातसँगै दैनिक जीवनमा नै असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ। पर्वतारोहणमा जाँदा वा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मौसमको अवस्था बारे जानकारी लिन सुझाव दिइएको छ । यस्तै, मौसम पूर्वानुमान महाशाखाले यो प्रणालीको पार्ने असर बारे निरन्तर अनुगमन गरिरहेको र आवश्यक्ता अनुसार सूचना निकाल्ने पनि जनाएको छ।

Forest
Forest
Ad.

हिमपात र वर्षाले चिसो थप बढाउने हुँदा विशेष सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ। नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा गिरावट आइ चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ। उज्यालो अनलाइनमा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया