Smoking Causes Cancer

अब १० दिनमा हातमा स्मार्ट लाइसेन्स



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: लामो समय देखि रोकिएको लाइसेन्स छपाईको काम अर्को साता देखि सुरु हुने भएको छ। यातायात व्यास्था विभागले नयाँ स्मार्ट कार्ड खरिद गरिसकेको हुँदा अब धमाधम छपाईको काम सुरु हुने जनाएको छ।

दैनिक १० हजार हाराहारीमा छापेर माघ सम्ममा अहिले सम्मका बाँकी छापी सक्ने साथै माघ पछि १० दिन मै स्मार्ट लाइसेन्स दिने विभागको तयारी छ।

यो व्यवस्था उपत्यका भित्र मात्र लागू हुने छ। बाहिरका कार्यालयहरुमा भने अलि बढी समय लाग्ने विभागको भनाइ छ।

सिंचाई
Forest
Ad.

खरिद गरी आएका कार्डको यही साता सम्ममा गुणस्तर परीक्षण हुने र अर्को सातादेखि छपाईको काम सुरु गरिने विभागले जनाएको छ। बिहान ७ बजे देखि बेलुकी ११ बजे सम्म २ सिफ्टमा छपाईको काम गर्ने गरी तयारी अगाडि बढेको छ।

विगत दुई वर्ष देखि सवारी परीक्षा पास गरेका सेवाग्राही सानो चिटको भरमा हिँडिरहेका छन्। विभागले अहिले १४ लाख कार्ड ल्याई सकेको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया