Awareness

सिर्जनशील युवा क्लबको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता मुसिकोट-६ मा आयोजना हुँदै

खबर खेलकुद खबर

Place for ads

गोविन्द कंडेल, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ६ स्थित कुर्घा गुन्धारामा यही मंसिर १८ गते देखि साविक वडा स्तरिय पुरूष भलिबल प्रतियोगिता सम्पन्न हुने भएको छ।

सिर्जनशील युवा क्लब, मुसिकोट नगरपालिका वडा नं. ६ गुन्धाराको १२ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम सम्पन्न हुन लागेको हो। भलिबल खेलमा सहभागी हुन चाहने टिमले मंसिर १८ गते दिनको १२ बजे सम्ममा टिम दर्ता गरी सक्नु पर्नेछ। टिमदर्ताका लागि नगद रू २,००० लाग्ने क्लबले जनाएको छ।

Get Vaccinated

भलिबल खेलमा प्रथम हुने टिमले नगद रु ३३,३३३/- कप, मेडल र प्रमाणपत्र, द्वितिय हुनेले नगद रू २२,२२२/- कप, मेडल र प्रमाणपत्र, तृतिय हुनेले नगद रू ११,१११/- कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उत्कृष्ट खेलाडीहरूलाइ विभन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *