Hi-Speed Computer

Awareness Campaign

अर्घाखाँचीमा विद्यालयका शिक्षकहरु एमाले महाधिवेशनमा, कैयौँ स्कुल बन्द



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अर्घाखाँची: अर्घाखाँची जिल्लाका सबै सामुदायिक विद्यालयबाट चितवनमा जारी एमालेको दशौँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि पठनपाठन प्रभावित भएको छ।

जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयबाट चितवनमा जारी एमालेको दशौँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि पढाई प्रभावित भएको हो।

मालारानी, सन्धिखर्क, भूमिकास्थान, पाणिनी र छत्रदेवका कयौँ विधालयहरु शुक्रबार बन्द भएको बताइएको छ। अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको अर्घाका स्थानिय अभिवावक विष्णु भुसालको भनाई छ। उनी भन्छन्, ‘शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्र समेत बदनाम तथा प्रभावित भएको छ।’

Forest
Forest
Ad.

जिल्लाका कैयौँ शिक्षकहरू विद्यालय बिदा गर्ने जानकारी समेत नगराई महाधिवेशनमा गएका थिए। यस्तै सन्धिखर्कका कयौँ सरकारी कर्मचारी लगायत नगरपालिका र गाउँपालिका कार्यालयका अधिकांश कर्मचारी पार्टीको महाधिवेशनमा गएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ। नालिबेली न्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया