Hi-Speed Computer

Awareness Campaign

गैँडाले झण्डा उचालेको एमाले गैँडा जस्तै लोपोन्मुख: माओवादी नेता बराल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य सुदर्शन बरालले नेकपा एमाले भन्ने पार्टी लाेप हुन थालेको टिप्पणी गरेका छन्।

गुल्मीको रेसुङ्गा नगरपालिकाकाे दाेस्राे नगर सम्मेलनलाई प्रमुख अतिथिकाे रुपमा सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य समेत रहेको माओवादी नेता बरालले नेकपा एमालेकाे चितवनमा भएको अधिवेशनमा लाेपोन्मुख गैँडाले झण्डा उचाल्नुले एमाले पार्टी नै लाेप हुन थालेको टिप्पणी गरेका हुन्।

साथै उनले नेकपा एमालेकाे अधिवेशन नारायणी नदिकाे किनारमा भएको भन्दै सिङ्गो पार्टी घाटमा पुगिसकेको बताए। कार्यक्रममा नेता बरालले माओवादीलाई सखाप पार्न विभिन्न शक्तिहरु लाग्दा समेत तिनिहरुलाई परास्त गर्न आफुहरु सफल बताएका थिए।

Forest
Forest
Ad.

‘नेपालका काङ्ग्रेस, एमाले र राजा मात्र नभई बिदेशी शक्ति पनि माओवादी पार्टी सखाप पार्न लागेको थियो।’ नेता बरालले भने, ‘विदेशी शक्तिले जनयुद्धकाे कालदेखि अहिलेसम्म निरन्तर माओवादी सखाप पार्न चलखेल गरिरहेका छन्।’ जनताको अपार साथले सारा शक्ति र संसार लाग्दा पनि माओवादी झनै बलियो बनेको उनले धारणा राखे।

पछिल्लो समय नेता कार्यकर्ता माझ पुग्न नसकेको बिषयमा आफू जानकार भएको भन्दै बरालले कार्यकर्ताकाे घरघरमा पुग्नुमा कमजोरी र आफुहरु सुविधामुखी भएको सम्बन्धमा आफ्नो कमजोरी भएको बताएमा थिए। आफ्नो पार्टीले मुलुककाे १८ घण्टे लाेडसेडिङ्ग हटाएको र भारतमा बिजुली बेच्न सफल भएको समेत कार्यकर्ता माझ स्पष्ट पारेका थिए।

नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाकाे खुल्ला शत्र सकिएकाे छ। अब बन्द शत्र मार्फत नेतृत्व चयन हुने छ। गुल्मीमा माओवादीका ६ हजार पार्टी सदस्य रहेकोका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया