Salime Malika Krishi Farm

Awareness Campaign

गल्कोट, बागलुङको धार्मिक महोत्सवको दोश्रो दिनमै १ करोड आर्थिक संकलन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवमा नगद रु. १ करोड आर्थिक सहयोग संकलन भएको छ।

गलकोट नगरपालिका-९, रिस्मी छिस दरबार स्थित सञ्चालन भइरहेको पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सवको दोश्रो दिन अर्थात बुधवारसम्म नगद १ करोड आर्थिक सहयोग संकलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जिर्णोद्धार गर्ने उद्देश्य सहित सञ्चालन भइरहेको धार्मिक महोत्सवमा ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिनुभयो।

२०२५ सालमा स्थापित लक्ष्मीनारायण मन्दिरमा गत मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन भैरहेको छ।

धार्मिक महोत्सवमा सवा करोड बत्ती बाल्ने, सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव दैनिक भजन किर्तन, सांगीतिक झाँकी सहितका सांस्कृतिक प्रस्तुतीहरु सञ्चालन भैरहेको महायज्ञ समितिले जनाएको छ।

र यो पनि: चिसो बढेकोले सतर्कता अपनाउन मौसम विभागको आग्रह

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया