Hi-Speed Computer

Awareness Campaign

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आजदेखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाले सिर्जनात्मक, चेतनामूलक र सन्देशमूलक कार्यक्रम गर्दैछन्।

महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो।

Forest
Forest
Ad.

विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरे पनि महिला हिंसाका घटनामा कमी आएका छैनन्। सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन्। ज्योतिन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया