Clean Water Campaign

Awareness Campaign

बागलुङको गलकोट नगरपालिका-७, मल्ममा नवनिर्मित घुम्टे सिद्ध बालभैरव मन्दिरको उद्घाटन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

थम्मन थापा, बागलुङ: गलकोट नगरपालिका वडा नं. ७, मल्म सिद्धथानमा नवनिर्मित घुम्टे सिद्ध बालभैरव मन्दिरको हिजो उद्घाटन गरिएको छ।

मन्दिरको विशिष्ट सहयोगदाता समाजसेवी भुपेन्द्र बहादुर थापाले दिप प्रज्वलन गरी रिबन काटेर उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सहयोगदाता थापाले नेपाल र नेपालीको सुन्दरता भनेको धर्ममय जीवनशैली र संस्कृतिमय सामाजिक व्यवस्था भएको बताउनु भएको छ।

थापाले सहिष्णुता धर्मकै पर्यायवाची शब्द हो, जहाँ धर्म छ त्यहाँ सहिष्णुता हुन्छ। जहाँ धर्म छैन, त्यहाँ असहिष्णुता हुन्छ, अराजकता र द्वन्द्व हुन्छ भन्दै धर्मले मानिसलाई सभ्य र अनुशासित हुन प्रेरित गर्ने बताउनु भयो। उहाँले धर्म भनेको सेवा, उदारता, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व, अहिंसा, सदाचार आदि भएको उल्लेख गर्नुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा गलकोट नगरपालिका वडा नं. ७ का वडा सदस्य लोक बहादुर थापा, सिद्धेश्वर शिवालय सेवा समिती मल्मका अध्यक्ष ज्ञान बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

नगद रु. १० लाख ८३ हजार को लागतमा निर्मित उक्त मन्दिर निर्माण गर्न देश विदेशबाट स्थानियले आर्थिक सहयोग गरेका थिए। मन्दिरमा विधिवत घुम्टे सिद्ध बालभैरवको पूजा अर्चना समेत गरिएको घुम्टे सिद्ध बालभैरव मन्दिर व्यवस्थापन समितीका अध्यक्ष दल बहादुर थापा (क) ले जानकारी दिनुभयो।

प्रसिद्ध घुम्टे पहाडको फेँदीमा अवस्थित मल्म सिद्धथानमा परापूर्वकाल देखि स्थानियले आफनो मनोकामना पुरा हुने धार्मिक जनविश्वासका साथ घुम्टे सिद्ध बालभैरवको पूजा अर्चना गर्दै आएका छन।

विशेष गरि परम्परागत रुपमा वर्षको २ पटक फाँटमा अन्नबाली लगाउँदा र पाकेर भित्राउने बेलामा उक्त स्थानमा गाउँलेले सामुहिक पुजा गर्दै आईरहेका छन। हिजै नवनिर्मित सत्तलको समेत उद्घाटन गरिएको छ। सत्तलको विशिष्ट सहयोगदाता समाजसेवी लाल बहादुर थापाले उद्घाटन गर्नुभएको छट।

Awareness by SKF

उक्त मन्दिर मल्म पाण्डवखानी रणसिंह किटेनी सडकखण्डको आडैमा अवस्थित छ। मन्दिर उद्घाटन कार्यक्रममा घुम्टे प्रगति कृषक समुह मल्मले भजनकिर्तन सहित मन्दिर परिक्रमा गरेका थिए।

कार्यक्रम घुम्टे सिद्ध बालभैरव मन्दिर व्यवस्थापन समितिका सचिव दल बहादुर थापा (ख) को सञ्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया