Clean Water Campaign

Awareness Campaign

मालिका गाउँपालिकाले उद्यम गर्ने चाहनेलाई सात लाख सम्म बिना ब्याज ऋण दिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: गुल्मीको मालिका गाउँपालिकाकले उद्यम गर्ने चाहने युवा तथा व्यवसायीलाई बिना ब्याज सात लाख सम्म ऋण प्रदान गर्ने नीति लिएको छ। आर्थिक वर्ष २०७८/७९ देखी कार्यान्वन हुने गरी उक्त नीति लिईएको गाउँपालिकाले जनाएको छ। यद्यपि मालिका गाउँपालिकाले यस वर्ष पनि उद्यम गर्ने चाहने युवा तथा व्यवसायीलाई बिना व्याज ऋण प्रवाह गरेको थियो।

बैङ्किङ पद्धतीबाट ऋण प्रवाह गर्दा सबै नागरिकको पहुँच नपुगेको बताउदै आर्थिक वर्ष २०७८/७९ देखि यस नीतिलाई पर्मिाजन सहित ल्याईएको गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाले बताए। गाउँपालिकाबाट साना उद्योग तथा व्यवसाय दर्ता गरि प्रमाण पत्र लिएका र पानमा दर्ता गरि पान नंम्वर समेत लिएका उद्यमिहरुको लागि ७ लाख सम्म बिना ब्याजमा ऋण प्रवाह गर्ने नीति रहेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जगत पौडेले बताए।

मालिका गाउँपालिका -८ का साहिल खड्काले सञ्चालन गरेको कुखुरा फर्म

 

Forest
Forest
Ad.

आर्थीक वर्ष २०७७/ २०७८ मा वैङ्किङ पद्धतिबाट यो कार्यक्रमको सुरुवात गर्दा सवै लघु उद्यंमिको ऋणमा पहुँच नपुगेको कारण प्रत्येक वडामा रहेका सहकारी मार्फत आर्थिक वर्ष २०७८/ २०७९ मा ऋण प्रवाह गर्ने सकिने अधिकृत पौडेलको भनाई रहेको छ। आर्थीक वर्ष २०७८/७९ मा ५० हजार देखी सात लाख सम्म बिना व्याज ऋण प्रवाह गरी तीन सय जना युवा तथा व्यवसायीलाई गाउँमै उद्यमी बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले बताए।

यो आर्थीक वर्षमा दश जना युवाले ५० लाख ऋण लिई उद्यम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए। यस कार्यक्रमबाट गाउँमै रोजगारीको अवसर सृजना गर्ने, व्यक्तिको आय बढाउने, उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढाउने, व्यवस्थापकिय क्षमताको विकास गर्ने, आयात घटाउने र निर्यात बढाउने जस्ता अपेक्षा गाउँपालिकाले राखेको छ। यो खबर गुल्मीका पत्रकार डीबी खड्काले गुल्मी अपडेटमा लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया