Awareness Campaign

आन्तरिक पर्यटनको केन्द्र बन्दै गुल्मीको ह्वाक्ने छहरा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

मनु सुनार, गुल्मी: भिरपाखा र काल्नाहरुबाट छङ्छङ् गर्दै बग्ने छहराले प्रकृतिको सुन्दरतालाई झन बढाएको हुन्छ। यस्ता मनमोहक दृश्यावलोकन गर्न जो कोही पनि लालायित हुन्छन्।

यसैको उदाहरण बनेको छ, गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्ने ह्वाक्ने छहरा। पहाडको बिचभागबाट लहराई रहेको यो छहराले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ। सम्भावनाले भरिपूर्ण यो स्थान रेसुङ्गा नगरपालिका-१० मा पर्छ। तम्घास-रिडी सडकखण्डमा पर्ने भएकाले पनि यतिबेला धेरैको ध्यान यसले तानेको हो। सदरमुकाम देखि दुई पाङग्रेमा हुँइकिएर जाँदा कम्तिमा १० मिनेटमा यस स्थानमा पुग्न सकिन्छ।

यतिबेला त्यस स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। आन्तरिक पर्यटकहरुको निकै घुइँचो देखिन्थ्यो। उनीहरु छहरासँगै फोटो खिच्न व्यस्त थिए। त्यहि भिडमा थिए, रेसुङ्गा नगरपालिका-९ का नविन बराल। ‘निकै आर्कषक छहरा छ,’ उनले भने, ‘यसलाई सही रुपमा व्यवस्थापन गर्न सके आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य पर्यटक समेत भित्र्याउन सकिन्छ।’ बरालले आगामी दिनमा यसको व्यवस्थापनका लागि आवश्यक पुर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे।

Forest
Forest
Ad.

उनीमात्र होइन क्याम्पस रोडका आशिष पन्थी पनि उनीसँगैे फोटो खिच्न व्यस्त थिए। उनले सदरमुकाम भित्रिने पर्यटकहरुलाई यसको जानकारीका लागि ब्यानर बनाएर जानकारी दिनुपर्ने सुझाव दिए। यसको प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलका रुपमा यसलाई विकास गर्न सकिने बताए।

बालबालिका देखि उमेरले पाका समेत यतिबेला यस छहरामा रमिरहेका छन्। धुर्कोटकी गितु खनाल पनि रमाईरमाई फोटो खिच्न व्यस्त थिइन्। उनले त्यहाँको स्थानलाई व्यवस्थित बनाउन आग्रह गरिन्। पार्किङ स्थल नभएकाले सडकमा जथाभावि रुपमा सवारी पार्किङ गर्दा मुख्य सडक भएकाले दुर्घटनाको जोखिम हुने बताइन्। यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउन आग्रह समेत गरिन्।

उनीसँगै रहेकी अर्घाखाँची छत्रदेव गाउँपालिकाकी गोमा मरासिनीले बर्खायाममा मात्र नभई हिउँदको समयमा पनि यसलाई सदावहार बनाउन सके बाह्य पर्यटकहरुको पनि घुइँचो लाग्ने बताइन्। ‘हिउँदको समयमा यो स्थान सुनसान हुन्छ।

Awareness by SKF

यसका लागि अन्यन्त्र स्थानबाट भएपनि पानीको व्यस्थापन गरी सदावहार बनाउनु पर्छ।’ छहरा नजिकै खाजा नास्ताको व्यवस्थापनका लागि होटल सञ्चालन भए रोजगारी समेत सिर्जना हुने उनको भनाई छ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नगरपालिका भित्र रहेका पर्यटकीय रुपले सम्भावना युक्त स्थलहरुको संरक्षणका लागि आफुहरुले विशेष ध्यान पुर्याइरहेको उल्लेख गरे। उनले आगामी दिनमा नगरभित्र पर्यटकीय गन्तव्य बन्ने स्थलहरुको अझ विस्तृतमा रुपमा अवलोकन तथा अध्ययन गरी आवश्यक पुर्वाधार निर्माणतर्फ ध्यान पुर्याउने बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया