Clean Water Campaign

Awareness Campaign

अब देखि गुल्मी जिल्लामा एमआरपी फारम संकलन बन्द



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्ला प्रशासासन कार्यालय गुल्मीले अबदेखि एमआरपी राहादानी फारम संकलन नगर्ने भएको छ। कार्यालयले सोमबार एक सूचना जारी गर्दै विद्युतिय राहदानी जारी गर्ने तयारी भइरहेकोले परराष्ट्र मन्त्रालयको राहादानी विभागको पत्राचार अनुसार नै फारम संकलन नहुने जनाएको छ।

विद्युतिय राहदानी जारी सम्बन्धी राहदानी शाखामा काम गर्ने कर्मचारीलाई आवश्यक तालिम/व्यवस्थापनका साथै अन्य पूर्वाधारहरुको समेत व्यवस्थापन गर्नुपर्ने भएकोले पनि आज देखि एमआरपीको फारम संकलन नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मंसिर महिना भरीमा राहदानी विभागले तोकेका जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा समेत विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी हुने भएकोले अर्को सूचना नआएसम्म एमआरपी राहदानीको फारम संकलन नहुने भएको हो।

सिंचाई
Forest
Ad.

विद्युतीय राहदानी वितरणका लागि एमआरपी फारम संकलन नगर्ने व्यवस्थाका लागि राहदानी विभागले २ मंसिरमा पठाएको पत्र अनुसार जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि राहदानीको एमआरपी फारम संकलन बन्द गरेको हो।

अबको करिब एक महिना पछि पूर्ण रुपमा नेपालबाट माग अनुसार विद्युतीय राहदानी जारी हुन सक्ने अवस्था भएको जिल्ला प्रशासन कार्यलयद्वारा जारी विज्ञप्तीमा जनाईएको छ। ‘हाल लाग्ने भन्दा कम्तिमा पनि आधा समयमा नै जिल्लाहरुमा राहदानी आईपुग्ने व्यहोरा जानकारी गराउँछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘अब उप्रान्त अत्यन्त जरुरी भई कारण र प्रमाण सहित आएका सेवाग्राहीलाई मात्र द्रुत सेवा मार्फत हालको मेसिन रिडेबल राहदानीको लागि सिफारिस गरिनेछ।’

हस्त लिखित पहिलो, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) दोश्रो र विद्युतीय राहदानीलाई तेश्रो जेनेरेसन मानिएको छ। विद्युतीय राहदानीलाई एमआरपीभन्दा सुधारिएको प्रविधि सहितको दावी गरिएको छ। इ-पासपोर्टमा सबै बायोमेट्रिक विवरणहरु चिपमा राखिएका हुन्छन्।

अगाडि वा पछाडिको कभरमा वा मध्यपृष्ठमा चिप र एन्टेना इम्बेड गरेर राखिएको हुन्छ। सेवाग्राहीलाई झन्झट कम हुने र आफ्नो विवरण पनि थप सुरक्षित हुने बताइएको छ। विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ। गुल्मी न्यूज डटकममा यो खबर प्रकाशित छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया