Awareness

कांग्रेस अधिवेशन: गुल्मी क्षेत्र नं. १ को सभापतिमा ढकाल र २ मा महत भए निर्वाचित

खबर राजनीतिका खबर

Place for ads

गुल्मी: नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय अधिवेशन सकिएको छ। दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को सभापतिमा पारिश्वर ढकाल निर्वाचित भएका छन्। ढकालले निकटतम प्रतिस्पर्धी मुक्ति कंडेललाई ठूलो मतान्तरले पराजित गरेका छन्।

निर्वाचनमा कुल खसेको ९३२ मतमा ढकालले ६२७ मत प्राप्त गरे । कंडेलले जम्मा २६५ मत प्राप्त गरेका हुन्। त्यस्तै माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी सचिव पदमा निर्वाचित भएका छन्।

Get Vaccinated

ढकालले ४६१ र भण्डारीले ४२३ मत प्राप्त गरे। सचिव पदमा निकटतम प्रतिस्पर्धी घनश्याम न्यौपानेले ४१३ र कमल भुसालले २८९ मत प्राप्त गरेका छन्। त्यस्तै क्षेत्र नम्बर १ कै सहसचिवमा मधुसुदन ज्ञवालीले ४४९ र डिल्लीराज पाण्डेले ३९० मत प्राप्त गरेर निर्वाचित भएका छन्। त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा चन्द्रबहादुर महत सर्वसम्मत निर्वाचित भएका छन्।

सभापतिमा महत र शिव केसीले उमेद्वारीको घोषणा गरेका थिए। सभापति र सहसचिव बाहेकका पदमा भने निर्वाचन भएको थियो। सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन्।

भण्डारीले ४५८ र बस्नेतले २९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक भिम न्यौपानेले जानकारी दिए। सचिव पदका निकटतम प्रतिस्पर्धी रेशम कुँवरले २९१ र भिमबहादुर पाण्डेले २८५ मत प्राप्त गरेका थिए।

सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन्। त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन्। ज्योतिन्यूज डटकममा यो खबर छ।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *