Clean Water Campaign

Awareness Campaign

गुल्मीको अर्जैका आगलागी पीडित परिवारलाई गाउँपालिकाद्वारा राहत प्रदान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मालिका गाउँपालिका-६ अर्जैका आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ।

गएराती भएको आगलागीबाट आफ्नो सर्वस्व गुमाएका अर्जै पौवाका ४० वर्षीय मोहोनी लाल भुसालको परिवारलाई राहत प्रदान गरिएको वडा अध्यक्ष शोभाखर गिरीले बताए।

आज आईतबार गाउँपालिका अध्यक्ष रीत बहादुर थापा सहितको टोलीले पीडित परिवार समक्ष पुगि चामल, दाल, नुन, तेल लत्ताकपडा तथा त्रीपाल प्रदान गरेको छ। ६ जनाको परिवार रहेको उक्त परिवारलाई तत्कालको आधारभुत आवश्यक पुरा गरिदिएको र थप राहतको लागि गाउँपालिकाले प्रक्रिया अगाडी बढाएको वडा अध्यक्ष गिरीले बताए।

Forest
Forest
Ad.

गएराती करिब १० बजेको समयमा आगलागी हुँदा मोहनी भुसालको घर, कटेरो जलेर नष्ट भएको थियो। घर ,कटेरो सहित लत्ताकपडा , अन्न पात जलेर नष्ट हुदाँ ८ लाख बराबरको क्षेती भएको वडा कार्यालयले जनाएको छ।

साथै माहोनी भुसाल र उनका भाई खिमलाल भुसाल अपांग (आँखा नदेख्ने) र परिवारको आर्थिक अवस्था कम्जोर भएकाले सहयोग गर्न स्थानीयले अपिल गरेका छन्। गुल्मी अपडेट डटकममा यो खबर छ

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया